पेट्रोलियम पदार्थमा कमी
काठमाडौँ, पुस ७/नेपाली बजारमा बिहीबारदेखि पेट्रोलियम पदार्थमा कमी देखिएको छ । भारतले पेट्रोलियम पदार्थको आपर्ूर्ति घटाएपछि मुलुकमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो ।
भारतीय आयल निगमले ६० प्रतिशत आपर्ूर्ति कटौती गरेपछि काठमाडौँका अधिकांश पम्पहरूमा पेट्रोल पाइन छाडेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदवापतको बाँकी रकम तिर्नका लागि दबाव दिन भारतीय निगमले आपर्ूर्तिमा कटौती गरेको बताइएको छ ।
निगमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भारतीय निगमलाई रकम नतिर्दासम्म तेलको आयातमा कठिनाइ हुने बताउँदै रकम निकासाका लागि सरकारलाई ताकेता गरेको जानकारी दिनुभयो । सरकारले भुक्तानीका लागि रकम निकासा गरेपछि मात्र तेल आयात गर्न सकिने उहाँले बताउनुभयो । नेपालले भारतलाई ९ अर्ब ४ करोड रूपैयाँ तिर्न बाँकी छ ।
No comments:
Post a Comment