नेपालको सम

Wednesday, December 27, 2006

>> सीमा अतिक्रमणका विरुद्धमा विरोध प्रदर्शन

कैलाली । पुस १२ गते

संयुक्त विद्यार्थी संर्घष समिति कैलालीको आयोजनामा ०६३ पुस १२ गते बिहान १०.०० बजे भारतले नेपालको सीमा अतिक्रमण गरेको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
कैलाली बहुमुखी क्याम्पसबाट बिहान हजारौ विद्यार्थीहरूको सहभागिता रहेको विरोध जुलुसमा विद्यार्थी एकता जिन्दावाद, सम्पूर्ण नेपाली एक हौ, अतिक्रमणको विरुद्धमा अन्दोलन गरौ जस्ता नाराहरू लागाउँदै धनगढी बजार परिक्रमा गरेका थिए ।
नाराबाजी गर्दै आएको विद्यार्थीहरूको उक्त जुलुस धनगढीको एलएन चौकमा पुगेपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई विभिन्न विद्यार्थी संगठनका नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा भारतले कैलाली जिल्लाको भजनी गाविसको लालभोजी सीमाक्षेत्र प्रत्येक वर्षअतिक्रमण गर्दै आएकोले यसका विरुद्धमा सम्पूर्ण कैलालीबासीले आन्दोलन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कृष्णबहादुर बि.क

No comments: