नेपालको सम

Wednesday, December 20, 2006

माओवादीले सहमति उल्लंघन गरेको अमेरिकी राजदूतको आरोप

काठमाडौ ५ पुस २०६३ । नेपालका लागि अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीले माओवादीले विगतमा सातदलसँग गरेको सहमति र बारम्बार व्यक्त गरेको प्रतिबद्धताको ठाडो उल्लंघन गरेको आरोप लगाउनु भएको छ ।
क्रिसमस मनाउन आजै अमेरिका जानु भएका राजदुत मोरियार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले माओवादीले हिजो आफ्नो सहमति बिना सरकारले राजदुत नियुक्तिको प्रस्ताव गरेको भन्दै गरेको प्रदर्शनले सहमतिको व्यापक उल्लंघन गरेको टिप्पणी गर्नुभयो ।
अमेरिकी राजदुत मोरियार्टीले आन्दोलनबाटभन्दा पनि सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न माओवादीलाई आग्रह गर्नुभयो । उहाँले माओवादीले अझै पनि धम्की, चन्दा, आतंक लगायतका काम जारी राखेको भन्दै आपत्ति पनि जनाउनु भएको छ । अमेरिका जानुअघि अमेरिकी राजदुत मोरियार्टीले आजै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्नुभएको थियो ।

No comments: