>>नेपालगञ्जको जनजीवन सामान्यतर्फउन्मुख
कृष्ण अधिकारी -स्वससे)नेपालगञ्ज, पुस १२/मधेश बन्दका क्रममा बढ्दैगएको विवादले उग्ररूप लिएपछि अशान्त बनेको नेपालगञ्जको जनजीवन बुधबार साँझदेखि सामान्य बन्दै गएको छ । तर नेपालगञ्जमा लगाइएको कफर््र्यु भने फुकुवा गरिएको छैन ।
बढ्दै गएको तनावलाई नियन्त्रण गर्नका लागि प्रशासनले बुधबार पनि दिनभर कफर््र्यु लगाएको थियो । मङ्गलबार कफर््र्युका बेला पर््रदर्शनकारीहरूले नेपालगञ्जका एक सयभन्दा बढी पसलमा तोडफोड, लुटपाट र आगजनी गरेपछि स्थितिलाई नियन्त्रण गर्न बुधबार ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको थियो ।
नेपालगञ्जको तनावलाई कम गर्न माओवादीसहित आठै राजनैतिक दलका नेता र नागरिक समाजका अगुवाहरूले दिनभर प्रयास गरिरहेका थिए ।
यसैबीच, बुधबार अपरान्ह बसेको र्सवदलीय बैठकले पर््रदर्शनका क्रममा मृत्यु भएका कमल गिरीको परिवारलाई तत्काल राहतस्वरूप दश हजार दिने, घाइतेहरूको निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउने र पर््रदर्शनकारीहरूमाथि गोली चलाउने प्रहरी नायव निरीक्षक प्रमोद केसीलाई निलम्बन गर्ने निर्ण्र्ाागरेको छ ।
यस्तै स्थितिलाई उत्तेजक बनाउने दर्ुइ दर्जनभन्दा बढी पर््रदर्शनकारीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएपछि तोडफोड, लुटपाट र आगजनीका घटनामा कमी आएको छ । बुधबार आक्रोशित समूहले महेन्द्र बहुमुखी क्याम्पसको छात्रबास र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा समेत आक्रमणको प्रयास गरेका थिए ।
माओवादीले बुधबार अपरान्ह नेपालगञ्जमा शान्ति र सद्भाव र्यालीको आयोजना गरी नगरवासीहरूलाई शान्तिपर्ूण्ा वातावरण बनाउन आग्रह गरेको छ । 'हिन्दु, मुस्लिम, बौद्ध, सिख, इर्साई नेपाली सबै दाजुभाइ, हिमाल, पहाड, तर्राई कोही छैन पराइ' भन्ने मूल नाराका साथ माओवादीले कफर््र्युको बीचमा सद्भाव शान्ति र्याली निकालेको थियो ।
बसपार्कबाट अपरान्ह तीन बजे निस्केको शान्ति सद्भाव र्यालीले नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । र्यालीमा सबै जात-जाति, धर्मावलम्बीहरूको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।
"शान्ति सद्भाव कायम गरौँ, नयाँ नेपाल निर्माण गरौँ, सम्पर्ूण्ा नगरवासी एक होऔँ, जनएकता कायम गरौँ, शान्ति र्याली सफल पारौँ' लगायतका नाराहरू र्यालीमा लगाइएका थिए । र्याली सदरलाइन, त्रिभुवनचोकलगायतका ठाउँंहरूमा आउदा बाटोका छेउछाउमा बसेका स्थानीयबासीहरूले ताली बजाएर स्वागत गरेका थिए ।
र्यालीपछि आयोजीत सभालाई सम्बोधन गर्दै माओवादीका बाँके इन्चार्ज अथकले अन्तरिम संविधान खल्बल्याउन अपराधिकतत्व लागिपरेको बताउनुभयो ।
मधेसी नेता परमानन्द बर्माले जातित्वका नाममा प्रतिक्रियावादीले चलखेल गरेको जनाउनुभयो ।
आठ राजनीतिक दलले बिहान आठ बजेदेखि नेपालगञ्जमा शान्ति सद्भाव र्याली निकाल्ने भनेर प्रशासनले तीन घण्टा कफर््र्यु खुला गरेेको भए पनि र्याली निस्कन नसकेपछि माओवादीको अगुवाईमा शान्ति सद्भाव र्याली निस्केको थियो ।
No comments:
Post a Comment