नेपालको सम

Thursday, December 28, 2006

>>देशभर शिक्षकहरुको चक्काजाम

काठमाडौ १३ पुस २०६३
अस्थायी शिक्षकहरुले विभिन्न जिल्लामा गरेको चक्काजामका कारण पूर्व पश्चिम राजमार्गमा आज विहानबाट यातायात अवरुद्ध भएको छ ।राजमार्ग अन्तर्गत धनुषाको ढल्केबर खण्डमा गरिएको चक्काजामबाट त्यहाँ सयौं सवारी साधन अलपत्र परेका छन् । त्यस्तै बाराको पथलैयामा पनि शिक्षकहरुले यातायात रोकेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग, वीरगंज पथलैया सडकखण्ड र त्रिभुवन राजपथ गरी ३ तिरैबाट सवारी साधन रोकेका छन् ।प्रतिनिधिसभाद्वारा पारित भइसकेको शिक्षा विधेयक प्रमाणीकरणको माग गर्दै शिक्षकहरु देशव्यापी संघर्षमा उत्रेका हुन् । चक्काजाम आज साँझसम्म जारी रहने जनाएको छ ।

No comments: