नेपालको सम

Thursday, December 28, 2006

>>सगरमाथाको उचाई कम रहेको चिनिया भनाई

काठमाडौ १२ पुस २०६३
चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलेको मापनभन्दा केही कम रहेको दावी गरेको छ। आफ्नो मापन अत्याधुनिक र वैज्ञानिक रहेको बताउँदै चीनले सगरमाथाको उचाई पुनः परिभाषित गर्न नेपालसँग औपचारिक प्रस्ताव प्रस्तुत गरेको छ ।
नेपाल चीन संयुक्त सीमा निरीक्षक समितिको बैठकमा नेपाली पदाधिकारीहरु समक्ष चीनले उक्त प्रस्ताव राखेको हो । चीनका परराष्ट्र मन्त्रालयका बरिष्ठ सीमा सल्लाहकार एवं चिनिया प्रतिनिधि मण्डलका नेता लि क्यु वानले आफूहरुको मापन आधुनिक र प्रमाणि रहेको दावी गर्दै शिखरमाथि जमेको हिउँलाई नसमेटेको बताउनुभयो । दुई देशको समझदारीमा तेस्रो भेकका विज्ञबाट सगरमाथाको पुनःमापन गराउन चीन तयार भने नरहेको बताउनुभयो ।
नेपाली पक्षका टोली नेता परराष्ट्र मन्त्रालयका सहसचिव प्रदीप कुमार खतिवडाले बैठकमा यसबारेमा सामान्य कुरा मात्र उठेको बताए । नेपाल सरकारले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको सन् १९५६ को बेलायती मापनलाई नै मान्यता दिदै आएको छ। सन् १९७५ मा चिनिया विज्ञको टोलीले पनि सगरमाथाको उचाई त्यति नै रहेको बताएको थियो । सन् १९९९ मा अमेरिकाको नेशनल जिओग्राफी सोसाइटीले सगरमाथाको उचाई ८ हजार ८ सय ५० मिटर रहेको नयाँ मापन सार्वजनिक गरेपछि विश्वले त्यसैलाई आधिकारिक मान्ने गरेको छ ।

No comments: