>>तेस्रो दिन पनि इमर्जेन्सी सेवा बन्द
स्वससेनेपालगन्ज, पुस १५/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार भएको तोडफोड र गुण्डागर्दीको विरोध गर्दै चिकित्सकहरू आन्दोलनमा रहेका कारण शानिबार पनि अस्पतालको इमर्रर्जेन्सी सेवा बन्द रहेको छ ।
चिकित्सकहरूको आन्दोलनका कारण तीन दिनदेखि लगातारदेखि कोहलपुर अस्पतालको आकस्मिक सेवा, ओ.पि.डी सेवा बन्द हँुदा सयाँै विरामीहरू समस्यामा परेका छन् ।
गत बुधबार एक समूहले कोहलपुर अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै तोडफोड गरी केही स्वास्थ्यकर्मीहरूमाथि दर्ुर्व्यवहार गरेका थिए । चिकित्सकहरूले सुरक्षाको ग्यारेन्टी, दोषीमाथि कारवाही र अस्पताल हाताभित्र सञ्चारसेट सहितको सुरक्षा पोष्टको व्यवस्था नहँुदासम्म आन्दोलन नरोक्ने मेडिकल कलेजका निर्देशक डा. जीतेन्द्र महासेठले बताउनुभयो ।छ सय बेड क्षमता रहेको कोहलपुर मेडिकल कलेजमा दैनिक एक हजारभन्दा बढी विरामीहरू उपचारको लागि आउँछन् ।
No comments:
Post a Comment