नेपालको सम

Saturday, February 10, 2007

"राष्ट्रपति बन्ने रहर "

नेपालमा राजतन्त्रको भविष्य कमजोर हुँदै गएकोले होला माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बन्ने रहर जागेको छ । उनले यो रहर बीबीसीका रविन्द्र मिश्रसँगको अन्तर्वार्तामा पनि चुहाएका छन् । त्यसैले होला ुमहान् क्रान्तिकारीु नेता प्रचण्डले न त अन्तरिम संसद्को सांसद बन्ने जाँगर देखाए न त भावी प्रधानमन्त्री नै । बरु तिनै गिरिजाप्रसाद कोइरालालाई अन्तरिम प्रधानमन्त्रीका लागि नाम प्रस्तावित गरेर नेपालको इतिहासमा प्रचण्डले आफूलाई दोस्रो गणेशमान िसंहको दर्जामा उभ्याए । फरक यत्ति हो- गणेशमानले राष्ट्रपति बन्ने सपना देखेनन् प्रचण्डले राष्ट्रपतिको सपना देखेका छन् ।
शान्ति आयो भनेर ढुक्कसँग बसेका नेपाली जनताले अब फेरि एक पटक ुमहान नेताु प्रचण्डको त्यो सपना पूरा गर्न बलिदानी गर्नुपर्ने बेला आएजस्तो छ । त्यसैले हो कि कान्तिपुर दैनिकमा धेरैले यो जनआन्दोलनलाई भाग-२ भनेर लेख्ने गरेका छन् । यसैबाट अनुमान गर्न सकिन्छ कि त्यो लक्ष्यमा पुग्न अझै नेपाली जनताले कति भागको आन्दोलनसम्म आफूलाई बलिदानीमा चढाइरहनु पर्ने हो थाहा छैन । कमरेड प्रचण्डको यही रहरलाई बुझेर होला अमेरिकी राजदूत जेम्स मोरियार्टी अझै छटपटाइरहेका छन् । राजदूत मोरियार्टीलाई चिन्ता छ- कतै आÏनै कार्यकालमा नेपालमा साम्यवाद आउने त होइन

निश्चय पनि अन्तरिम संविधान ०६३ ले प्रचण्डलाई राष्ट्रपति घोषणा गर्ने बाहेक माओवादीका सबै मागहरु पूरा गरिदिएको छ । नेपालकै इतिहासमा सबैभन्दा बढी कम्युनिष्टहरु अन्तरिम संसद्मा पुगेका छन् । यो अवसर र चुनौतिहरुलाई नेपालका कम्युनिष्टहरुले राम्रोसँग उपयोग गर्न सके भने कम्युनिष्ट आन्दोलनले ुनयाँ नेपालु निर्माण गर्न सक्ला होइन भने नेपालको िसंगो कम्युनिष्ट आन्दोलन ुतावाबाट भुम्रोमाु नपर्ला भन्न सकिन्न । सस्रति हेर्दा अहिले नेपालको राजनीतिमा सबै असफल भएर माओवादी सफल भएजस्तो देखिएको छ । यही अनुमानको भरले प्रचण्डमा राष्ट्रपति हुने हनुमान सवार भएको हुन सक्छ । एक हिसाबले यो कुरा ठीकै पनि होला । तर माओवादीको यो सफलताका पछाडि विदेशीहरुको पनि उत्तिकै ठूलो भूमिका रहेको छ । यो वास्तविकतालाई बिसे्रर गरिने राजनीति नेपालमा एक मिनेट पनि टिक्लाजस्तो लाग्दैन । यो कुरालाई बिसे्रर प्रचण्डले राष्ट्रपति बन्ने रहर गर्नु र ज्ञानेन्द्रले राजा बन्ने रहर गर्नु परिणाम उस्तै-उस्तै हुनसक्छ !
"शम्भु श्रेष्ठ " sheresthashambhu@gmail.com

2 comments:

Me said...

I did not listen to the BBC interview.

But it is not unnatural that Prachanda Kam-red showed the greed.

In one way or another, he has said in public "We have fought for power!"

Wanna read Vahsek's Ramblings?

Basanta said...

रहर त मलाई पनि थ्यो' कमरेड!
हेरौं तिमी पहिला हुन्छौ कि म!

(गफै त हो!)