>>गणतन्त्रका लागि निर्धारित मितिमा चुनाव आवश्यक
स्वससे
बुटवल, पुस २१/नेकपा एमालेका नेता बामदेव गौतमले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संविधानसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । उहाँले पुस महिनाभित्रै अन्तरिम संविधान जारी गरी अन्तरिम सरकार बनाइनुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता गौतमले कुनै पनि बहानामा संविधानसभाको निर्वाचन जेठभन्दा पर सारिए त्यो आठदलकै लागि घातक हुने चेतावनी दिनुभयो । उहाँले जनआन्दोलनको म्यान्डेट गणतन्त्र भएकाले सबै दलहरु गणतन्त्रको एजेण्डा लिएर संविधानसभामा गए राजतन्त्र सधैका लागि पाखा लाग्ने दाबी गर्नुभयो ।
ठूलो जनसमुदाय दलभन्दा बाहिर रहेको बताउँदै नेता गौतमले सबै राजनीतिक शक्ति र समुदायबीच गणतान्त्रिक मोर्चा बन्नुपर्नेमा जोड दिनुभयो । "सबै मिलेर गए सजिलै गणतन्त्र आउनेछ"- उहाँले भन्नुभयो- "दलहरुले आफूलाई भन्दा गणतन्त्रलाई केन्द्रविन्दु बनाउनर्ुपर्छ ।"
उहाँले जनताले राजतन्त्र फ्याँक्ने जिम्मा दलहरुलाई दिएको बताउनुभयो । राजतन्त्र विश्वबाट नै हराइसकेको चर्चा गर्दै उहाँले नेपालमा राजतन्त्रको कुनै आवश्यकता नरहेको चर्चा गर्नुभयो ।
संविधानसभाका विरुद्ध षडयन्त्र हुनसक्नेतर्फ सचेत गराउँदै नेता गौतमले नचाखो रहन सबैलाई आग्रह समेत गर्नुभयो । संविधानसभा निर्वाचनको विषयमा गाउँगाउँमा बहस चलाउन उहाँले पार्टर्ीीार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो ।
No comments:
Post a Comment