>>नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा, दर्ुइमाथि कारवाही
स्वससे
नेपालगञ्ज, पुस २१/केही दिनअघि नेपालगञ्जमा भएको आगजनी र लुटपाटमा संलग्नमध्ये दर्ुइ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा चलाएको छ । थप पाँच जनासमेत अनुसन्धानको घेरामा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रहरी उपरीक्षक रमेश भट्टर्राईले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपालगञ्ज नगरपालिका-१६ का अमृत रसाइली र अशोक बाल्मिकीमाथि मुद्दा चलाइएको छ ।
पुष १० गते नेपाल सद्भावना -आनन्ददेवी) ले आयोजना गरेको मधेस बन्दका क्रममा भएको तनाव भड्किदा नेपालगञ्जमा करोडौँको लुटपाट तथा आगजनी भएको थियो । तनावले साम्प्रदायिक दङ्गाको रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले दर्ुइ दिनसम्म निषेधाज्ञा -कफर््र्यू) समेत घोषणा गरेको थियो । प्रहरीले सो क्रममा ४४ जनालाई पक्राउ गरी छानबिनपछि जमानीमा छोडेको छ ।
नगरमा दङ्गा भड्कन नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज नगरपालिकाभित्र कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । "नेपालगञ्जको अवस्थामा बाहिरबाट सुधार आएको देखिए पनि षड्यन्त्रकारीले चलखेल गरिरहेको हुनसक्छ"- प्रहरी प्रमुख भट्टर्राईले भन्नुभयो- "त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न टोली खटाएका छौँ ।"
चौबीसै घण्टा छ वटा मोबाइल गस्ती टोली, नौ वटा पिक टोली र चारवटा पैदल गस्ती टोली खटाइएको भट्टर्राईले जानकारी दिनुभयो । "आवश्यकताअनुसार जानकारी प्राप्त भएको पाँचदेखि १० मिनटभित्रमा प्रहरीलाई घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ"- उहाँले भन्नुभयो ।
उहाँका अनुसार लुटिएका सामान बरामद गर्न र अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी नायव उपरीक्षक प्रमोदकुमार खरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले हालसम्म १ सय ५७ वटा घर, पसल तथा होटलमा भएको क्षतिको मुचुल्का तयार गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २ सय ६२ वटा पसल र व्यवसायमा करीव १० करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाएको छ ।
उता, नेपालगञ्जमा तीन दिनसम्म भएको तनावलाई छायाङ्कन गरी सिडी वितरण पनि गरिएको छ । क्याप्सनमा देखाइएको प्रहरी निरीहता र एकपक्षीय सहयोगमा लागेको भन्दै गरिएको प्रचारबाजीेले थप समस्या उत्पन्न हुनसक्ने भन्दै प्रहरीले आपत्ति जनाएको छ । दर्शकहरुले समेत त्यस प्रकारको सिडीले स्थिति भड्काउन सक्ने भन्दै आलोचना गरेका छन् ।
प्रहरी प्रमुख भट्टर्राईले र्सवसाधारणलाई आतङ्कति पार्ने कार्यमा संलग्न सबैमाथि कारबाही हुने बताउनुभयो । "न्यायिक आयोग गठन भएको छ"- उहाँले भन्नुभयो- "आयोगको छानबिनपछि सबै तथ्य बाहिर आउँछ ।"
No comments:
Post a Comment