>>राजालाई मन्त्रिपरिषद्को अध्यक्षको हैसियतले कार्बाही हुन्छ ः नेम्बाङ
स्वससे
काठमाडौँ, पुस २७/कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्रविक्रम नेम्बाङले राजाको हैसियतले भन्दा पनि मन्त्रीपरिषद्को अध्यक्षको हैसियतले राजालाई कारवाही हुने बताउनुभएको छ ।
रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिका सदस्यसमेत रहनुभएका नेम्बाङले रायमाझी आयोगको प्रतिवेदनलाई छिटै र्सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो । समितिको एक/दर्ुइ बैठक बसिसकेपछि रायमाझी आयोगको प्रतिवेदन र्सार्वजनिक गरिने छ उहाँले भन्नुभयो ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री नेम्बाङले आयोगले राष्ट्रको ढुकुटी, पद र सत्तामाथि भएको दुरुपयोग तथा धनजनको क्षतिको आधारमा व्यक्तिलाई दोषी देखाएको बताउँदै नेम्वाङले यसकै आधारमा राजालाई कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कोबाट कार्वाही थाल्नुहुन्छ - भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा नेम्वाङले पहिले आदेश दिनेबाट नै कारबाहीको शुरुवात हुन्छ भन्नुभयो ।
एमाले नेतार् इश्वर पोखरेलले अहिलेको सरकार सात दलको सरकार भए पनि एक दलको नेतृत्वमा मात्र चलेको आरोप लगाउनुभयो । अहिलेको सरकार एक दलको नेतृत्वमा मात्र चलेकाले सबै काममा ढिलाइ भइरहेको उहाँको तर्क थियो । पोखरेलले लोकतान्त्रिक सरकारले पनि जनआन्दोलनको भावना बुझ्न नसकेको भन्दै सरकारी कार्यशैलीको आलोचना गर्नुभयो ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले आयोगको प्रतिवेदन कार्यान्वयन भए मात्र संविधानसभाको निर्वाचन तोकिएको समयमा हुने सक्ने दाबी गर्नुभयो । सरकारको कार्यशैलीको आलोचना गर्दै उहाँले यस्तै कार्यशैली जारी रहने हो भने देश दर्ुघटनामा पर्न सक्ने चेतावनी दिनुभयो ।
No comments:
Post a Comment