>>नक्कली प्रमाणपत्रको आधारमा जागिर खानेलाई २३ हजार धरौटी
स्वससे
विराटनगर, पुस २४/नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको अभियोगमा मोरङको दुलारी स्थित श्रीखण्ड निम्न माध्यामिक विद्यालयका पर्ूव प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारीसँग ज्रि्रका मोरङले २३ हजार २ सय रुपैयाँ धरौटी माग गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमेत रहेका मोरङका प्रजिअ मोदराज डोटेलको एकल इजलासले सोमबार अधिकारीसँग बयान लिएपछि उक्त क्षतिपर्ूर्तिको फैसला सुनाउनु भएको जिल्ला प्रशासन कार्यलय मोरङका कानुनअधिकृत पदमप्रसाद आचार्यले बताउनुभयो ।
लामो समयदेखि शिक्षण पेशामा संलग्न अधिकारीले सन् १९८४ मा भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली भएको देखिएपछि अधिकारीसँग उक्त धरौटी मागिएको कार्यालयले जनाएको छ । अधिकारीले भारतीय प्रमाणपत्रलाई नेपालको त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरणसमेत गराएका छन् ।
प्रमाणपत्रतहसम्मको शैक्षिक प्रमाणपत्र नक्कली भए पनि ०५२ सालमा काठमाडौस्थित महेन्द्ररत्न क्याम्पसबाट स्नाहतक र ०६० सालमा क्याम्पस बिराटनगरबाट नेपालीमा स्नाकोत्तर तह उत्तर्ीण्ा गरेका छन् ।
No comments:
Post a Comment