नेपालको सम

Wednesday, January 10, 2007

>> एम्बुलेन्स तोडफोड गरी चालकमाथि कुटपिट

झापा । पुस २५ गते
मेची नगर नगरपालिका-१० काकडभिट्टा बजारमा ०६३ पुस २४ गते यातायात मजदुरहरूले बन्दको अवज्ञा गरेको निहुँमा को१च २४५७ नम्बरको एम्बुलेन्स तोडफोड गरी चालकलाई कुटपिट गरेका छन् ।
टंकनाथ समाज सेवा विर्तामोडको सो एम्बुलेन्स काकडभिट्टा बिरामी पुर्‍याएर फर्कने क्रममा मजदुरहरूको एक समूहले रोकेर तोडफोड गरेको थियो । तोडफोडका क्रममा युम्बुलेन्स चालक धर्म योञ्जनलाई मजदुरहरूले कुटपिट गरेका थिए ।
अर्जुन बस्नेत

No comments: