>> गुम्बाबाट ३० लाखभन्दा बढीको चोरी
काठमाडौं, जनवरी १८
मुलुकमा शान्तिसुरक्षाको स्थिति सुदृढ भएको दावी गरिए पनि चोरी र डकैतीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । यसैक्रमम काभ्रेको साँगास्थित एउटा गुम्बाबाट ३० लाख रुपैयाँ बराबरको धनसम्पत्ति चोरिएको छ । बुधबार राति १ बजेतिर आएका चोरहरुले उद्धव लामाको पेम्बा गुम्बाबाट चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरहरुले १ सय ४५ थान ढलौटका मूर्ति ६ थान पित्तलका ´्याली ७ जोर पित्तलका घण्टी र १ सय ८ जोर पित्तलका पाता चोरेको थाहा भएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवन जिल्लाको वीरेन्द्रनगर- ८ का ३ वटा घरबाट डाँकाहरुले ९० हजार रुपैयाँभन्दा बढीको धनमाल लुटेका छन् । बिहीबार बिहान पेस्तोल र खुकुरीसहित आएका डाँकाहरुले हरि न्यौपानेलगायत तीनजनाको घरमा लुटपाट गरेको बताइएको छ । डाँकाहरुले २८ हजार ५ सय नगद र ४ तोला बराबरको सुनका गहना लुटेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment