नेपालको सम

Thursday, January 4, 2007

>>सुरक्षा परिषदमा प्रस्ताव पेश हुने

काठमाण्डौ । पुस २० गते
राष्ट्रसंघका नवनियुक्त महासचिव बान की मुनले आगामी ०६३ पुस २७ गते संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा नेपालको सेना तथा हतियार व्यवस्थापन सम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । सोही विषयलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिवका नेपालस्थित स्वकीय प्रधिनिधि इयान मार्टिन पुस २० गते राष्ट्रसंघ जाने भएका छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीलाई परराष्ट्रमन्त्रालय शीतल निवासमा ०६३ पुस १९ गते भेट गरी सो सम्बन्धमा छलफल भएको थियो । ओलीसँगको भेटपछि मार्टिनले उक्त प्रस्ताव सुरक्षा परिषद्बाट पारित भएपछि राष्ट्रसंघले नेपालको जारी शान्ति प्रक्रियामा आवश्यक पर्ने बजेट, हतियार तथा सेना व्यवस्थापन र संविधानसभाको निर्वाचन प्रक्रियाको लागि आवश्यक पर्ने जनशक्तिको निर्क्याल गर्ने बताए । ओलीसँगको भेटघाटपछि पत्रकारहरूसँगको कुराकानीमा मार्टिनले बजेट प्रक्रिया सकिएपछि २ सय जना सम्मिलित राष्ट्रसंघीय टोली आगामी फेब्रुअरी महिनाको शुरुमा नेपाल आइपुग्ने जानकारी गराएका थिए ।
ओलीले सुरक्षा परिषद्को बैठकमा प्रस्तुत हुने नेपालसम्बन्धी प्रस्ताव पारित भएपछि शान्ति प्रक्रियाका लागि राष्ट्रसंघको एउटा ठूलै शक्ति नेपाल आउने जानकारी दिए ।
राजु पासवान

No comments: