नेपालको सम

Wednesday, January 10, 2007

>>वैदेशिक रोजगारीका नाममा ठग्ने माओवादी कब्जामा

काठमाडौ २६ पुस २०६३ । विदेशमा राम्रो जागिर मिलाइ दिन्छु भन्दै नेपाली महिला पुरुषबाट लाखौं रुपैया लिई विदेशमा लिएर अलपत्र पार्ने २८ वर्षिय दलाल मिलन बराल माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको कब्जामा परेका छन् ।
दलाल बराल प्यूठान जिल्ला बेलवास गाजस ७ निवासी खेमराज -कमारा) बराका माहिला छोरा हुन् । उनले पाल्पाका वीरहादुर स्याङ्जाली मगरबाट १ लाख २० हजार, सुर्खेतका जीतप्रसाद लामिछानेबाट १ लाख १५ हजार, सुर्खेतकै कुलबहादुर रानाबाट १ लाख २० हजार ठगेका छन् । पीडितहरुले उजुरी गरेपछि महासंघका जिल्ला अध्यक्ष सन्तोष योगीको नेतृत्वमा शिखर, क्रान्ति र अनिलको टोलीले महेन्द्रनगरस्थित खप्तड होटलमा लुटिएका सम्पत्तिमा मस्ती गरिहेको बेला कोठा नम्बर १११ बाट निज दलाललाई पक्राउ गरिएको बताइएको छ ।
उनीसँग सात वटा महिलाका र ३९ वटा पुरुषका पासपोर्ट साइजका फोटाहरुका साथै मध्यपश्चिम तालिम केन्द्र नेपालगञ्जका प्रमाणपत्रहरु छन् । श्री ५ को सरकार लेखिएका १६ जटा नेपाली भिषा समेत छन् र निज दलालसँग १ लाख १ हजार ६ सय ५१ रुपैयाँ रहेको जानकारी संघका जिल्ला अध्यक्ष सन्तोषले जानकारी दिनुभयो । उनको बारेमा थप अध्ययन भइरहेको जनसन्देशले जनाएको छ।
यस्तो अपराधी गिरोहमा उनका भिनाजु विष्णु मल्ल र नेपालगञ्ज निवासी लक्ष्मी रहेकी छन् । मिलन र लक्ष्मीले नेपालीलाई विभिन्न लोभ देखाई सिमापारिसम्म पुर्‍याउने र त्यहाँबाट विष्णुले खाडी मुलुकमा लग्ने गरेको रहस्य पनि खुलेको छ ।
दलाल संघकै नियन्त्रणमा छन् । उनीसँग थुप्रै कागज पत्र भएकाले थप अध्यायन भइरहेको जानकारी अध्यक्ष सन्तोषले दिनुभयो ।

No comments: