नेपालको सम

Wednesday, January 10, 2007

>>तराई जनतान्त्रिकको हिंसा अन्त्य गर्ने जिम्मा माओवादीलाईः उपप्रम शेरचन

काठमाडौ २६ पुस २०६३ । उपप्रधान तथा स्वास्थ्य मन्त्री अमिक शेरचनले तराईमा हिंसात्मक गतिविधि गरिरहेको तराई जनतान्त्रिक मोर्चासँग वार्ता गर्ने जिम्मा माओवादीलाई दिइएको बताउनु भएको छ ।
आज हेटौडामा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री शेरचनले मोर्चासँग वार्ता गरेर तराईका समस्या समाधान गर्न सरकार पनि लागिपरेको बताउनुभयो । मोर्चासँग वार्ताका लागि वातावरण मिलाउन ८ दलले माओवादीलाई जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।
हेटौडा अस्पताल निरीक्षण गर्न पुगेका उपप्रधानमन्त्री शेरचनले अन्तरिम संविधानको विषयमा चर्चा गर्दै संविधान न्यायधिशहरुले बनाउने नभई सुझावसम्म दिनसक्ने बताउनुभयो । न्यायधिशहरुको सुझावलाई सरकार लगायत ८ दलले सकारात्मक रुपले लिएको उहाँले उल्लेख गर्नुभयो ।

No comments: