>>कतारमा २००६ मा १३७ जना नेपालीको मृत्यु
कतारमा कार्यरत नेपालीहरुको मृत्युहुनेको संख्यामा वृद्धि भएको छ । सन् २००६ मा विभिन्न कारणबाट मृत्युहुने नेपालीको संख्या १३७ रहेको नेपाली दूतावासबाट प्राप्त तथ्याङ्गमा जनाइएको छ । सो संख्या गत वर्ष ११८ रहेको थियो भने सन् २००४ मा १०४ मात्र थियो ।
सन् २००५ को तुलनामा २००६ मा नेपालीहरुको मृत्युहुनेको संख्या बढ्नुमा नेपाली कामदारको संख्या बढ्नु नै मुख्य रहेको छ । नेपाली कामदारहरुको आधिकारीक संख्या एकिन नभए पनि हाल १ लाख ८० हजार भन्दा बढी नेपालीहरु कतारमा कार्यरत रहेको अनुमान गरिएको छ ।
मृत्यु हुनेहरुको संख्या अक्टुबरमा सबैभन्दा बढी १७ रहेको छ भने जूनमा सबैभन्दा कम ६ जना रहेको छ । जनवरी देखि डिसेम्बरसम्म क्रमश: १०, १०, १०, १३, ९, ६, ८, १५, १०, १७, १५ तथा १४ जना नेपालीको मृत्यु भएको पनि तथ्याङ्गकमा जनाईएको छ ।
मृत्यु हुनेहरुमा अधिकतम कार्डियो-रेस्पिरेटोरी फेलियरबाट भएको देखिन्छ । यसलाई प्राकृतिक मृत्यु (नेचुरल देथ) को रुपमा लिइन्छ । गत वर्ष कार्डियो-रेस्पिरेटोरी फेलियरबाट मृत्यु हुने नेपालीको संख्या ५८ रहेकोमा यस वर्ष यो संख्या ६१ मा पुगेको छ भने सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या यस वर्ष ३४ (गत वर्ष ३५) रहेको छ ।
त्यस्तै मृत्यु हुनुका अन्य कारणहरु मध्य कार्यस्थल दुर्घटनाबाट २६ जना (गत वर्ष १९ जना); आत्महत्याबाट ६ जना (गत वर्ष ६ जना); तथा विभिन्न रोगका कारण १० जना (गत वर्ष नभएको) प्राप्त तथ्याङ्कमा जनाईएको छ ।
यस वर्ष मृत्यु हुने नेपालीहरुमध्ये अधिकांशको शव नेपाल पठाईएको छ भने केहीलाई आफन्तको सहमतिमा कतारमै अन्तिक संस्कार गरिएको जनाईएको छ । हरेक महिना १२ जनाको हाराहारी नेपालीको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउदछ भने नेपाली दूतावास मृतक नेपालीको शव नेपाल सक्दो चाँडो पठाउन हरदम प्रयत्नरत रहेको देखिन्छ । आवश्यक कानूनी प्रकृया पुरा गरि सरदरमा ५/७ दिन भित्र मृतकको शव नेपाल पठाईने गरिएको छ । दुर्घटनामा मृत्यु हुने नेपालीहरुको क्षतिपूर्तिको लागि दूतावास कै तर्फबाट यहाँका अदालतहरुमा मुद्दा चनाईने पनि गरिएको छ ।
No comments:
Post a Comment