>> माओवादी सांसदहरूलाई प्रशिक्षण
काठमाडौँ, माघ १
दश वर्षघि संसदीय व्यवस्थालाई नै चुनौति दिँदै जनयुद्ध सुरु गरेका माओवादीहरु आज देखि औपचारिकरूपमा संसदमा प्रवेश गर्दैछन् । संसद छिर्नुअघि माओवादी सांसदहरुलाई प्रशिक्षण दिइएको छ ।हिजो आइतवार भक्तपुरस्थित भक्तपुर गेष्ट हाउसमा माओवादी नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिएका हुन् ।
अन्तरिम विधायिकामा माओवादीका तर्फाट सहभागी हुने सदस्यहरु नयाँ भएका र युद्धकालीन मोर्चाबाट आएका हुँदा उनीहरुलाई संसदीय प्रक्रियाको बारेमा प्रशिक्षण दिइएको स्रोतले बतायो । सांसदहरुलाई संसदीय मर्यादा, प्रक्रिया लगायतका विषयमा पार्टर्ीी वरिष्ठ नेताहरुले प्रशिक्षण दिइरहनुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
नेकपा माओवादीले अन्तरिम विधायिकामा पठाएका सांसदहरुमध्ये नौजना केन्द्रीय सदस्यसहित सहिद, वेपत्ता परिवार, जनजाति, मधेशी गरी ७३ जना रहेका छन् । माओवादीले छनोट गरेका अन्य १० जना भने पार्टर्ीीदस्य होइनन् । उनीहरुलाई पार्टर्ीीे निर्देशन पालना गर्न बाध्य नपारिने माओवादीले र्सार्वजनिक गरिसकेको छ ।
No comments:
Post a Comment