>>सिंहदरबारको खानेपानी लाइट काट्ने तीन कर्मचारी पक्राउ
काठमाडौ ४ माघ २०६३
खानेपानी संस्थान विदेशीलाई संचालन गर्न दिने गरी सरकारले खानेपानी संस्थान ऐन संशोधन गरेको विरोधमा आन्दोलनरत कर्मचारीहरुले आजबाट सिंहदरबारमा खानेपानी लाइन काट्न खोज्दा तीन जना पक्राउ परेका छन् ।
आज बिहान ५ बजे पानीको लाइन काटेर फर्कन लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पानी खोल्ने र बन्द सामानसमेत आफैले लगेको बताइएको छ। पक्राउ पर्नेमा संस्थानका निजीकरणविरुद्ध संयुक्त संघर्ष समितिका महासचिव लेखबहादुर बस्नेत, खानेपानी संस्थान बाँनेश्वर इकाइका प्रेमप्रसाद नेपाल र विष्णु लुइटेल रहेका छन् ।
नेपाल र लुइटेललाई प्रहरीले दुई घण्टापछि रिहा गरेको थियो । खानेपानी संस्थानका कर्मचारीहरुले बुधबार मात्र मन्त्री निवास पुल्चोक वितरण भइरहेको खानेपानी अनिश्चितकालका लागि बन्द गरेका थिए ।
खानेपानीको सम्भार, संरक्षण र संचालनको जिम्मा विदेशीलाई दिने गरी ल्याइएको ऐन खारेजीको माग गर्दै संस्थानका कर्मचारीले पानी आपुर्ति बन्द गरेका हुन् ।
No comments:
Post a Comment