नेपालको सम

Sunday, January 7, 2007

>>प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाण्डौ जनवरी, ७
सरकार र माओवादीबीच यस अघि भएका सहमतिहरुका बारेमा देखिएका अवरोध र अन्तरिम संविधान जारी गर्ने लगायतका विषयलाई लिएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीच आज अपरान्ह भेटवार्ता भएको छ ।केही दिन अघिमात्र दोलखामा संचारकर्मीहरुलाइ मंगलबार भित्रै अन्तरिम संविधान जारी हुने बताएर फर्किएका प्रचण्डको प्रधानमन्त्रीसँगको यस भेटलाइ विशेष महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री कोइरालासँगको भेटका लागि प्रचण्ड दिउँसो ३:४५ बजे बालुवाटार पुग्नु भएको थियो । बालुवाटार श्रोतले जनाए अनुसार अन्तरिम संविधान जारी गर्न अन्तिम सहमतीका लागि भोलि आठ दलको शिर्ष बैठक बस्ने दुइ नेता बीच सहमती भएको छ । नागरिक समाज, बिभिन्न राजनैतिक दल र निर्बाचन आयोगले समेत तत्काल अन्तरिम संबिधान जारी गर्न दबाब दिइरहेका छन ।भोलि आठ दलको शिर्ष बैठकपछि सम्भवत अन्तरिम संविधान जारी हुने सम्भावना रहेकोछ । भेटमा अध्यक्ष प्रचण्ड सहित माओवादीका बरिष्ठ नेता बावुराम भट्टराई, प्रवक्ता, कृष्णबहादर महराको पनि उपस्थिति रहेको थियो ।

No comments: