नेपालको सम

Sunday, January 7, 2007

>>अन्तरिम संविधान जारी गर्ने विषयमा सोमबार ८ बजे ८ दलको बैठक

काठमाडौ २३ पुस २०६३
अन्तरिम संविधान जारी गर्नु पहिले आठ दलका शिर्षस्थ नेताहरुको बैठक सोमबार बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच आज भएको भेटवार्तापछि भोलि ८ दलको बैठक बस्ने सहमति भएको हो । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छफलफका लागि आइतबार मध्यान्ह ३.३० बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । सो भेटवार्ताका अवसरमा अन्तरिम संविधान जारी गर्ने मिति तथा माओवादी जनसेनाका लागि आवश्यक थप रसद पानीका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ।
भेटवार्ताका क्रममा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई र सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी रहनु भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले दोलखाको सदरमुकाम चरिकोट पुगेर २५ गतेभित्रमा अन्तरिम संविधान जारी हुने सहमति प्रधानमन्त्रीसँग भइसकेको बताउनुभएपछि प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भएको यो पहिलो भेटवार्ता हो ।
माओवादीका साथै एमालेका केही नेताले समेत अन्तरिम संविधान यही महिनाभित्र जारी नभए आन्दोलनमा जाने बताउँदै आएका छन् ।

No comments: