नेपालको सम

Friday, January 5, 2007

>>प्रचण्डको स्कर्टिङमा रहेको मोटरसाइकल दर्ुघटना

स्वससे
काठमाडौँ, पुस २०/नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्कर्टिङ गरिरहेको मोटरसाइकल बिहीबार दर्ुघटना भएको छ ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट जिरी जाने क्रममा अध्यक्ष प्रचण्डलाई स्कर्टिङ गरिरहेको बा १५ प ४१९० नम्बरको मोटरसाइकललाई बा १ ख ६३४३ नम्बरको अरनिको यातायातको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक माओवादीका जिल्ला नेता किरण दाहाल घाइते हुनुभएको छ । स्थानीयस्तरमा उहाँको उपचार हुन नसकेपछि काठमाडौँ ल्याइएको छ । नेता दाहालको खुट्टा र कम्मरमा गम्भीर चोट लागेको छ । मोटरसाइकल पछाडि बस्नुभएका अर्का माओवादी नेता विशाल खड्का भने सकुशल रहनुभएको छ ।

No comments: