>>यस वर्षको एसएलसी परक्षा चैत २१ बाट सुरु हुने
काठमाडौ २३ पुस २०६३
विद्यार्थीहरुका लागि आइरन गेटका रुपमा यस वर्षको एसएलसी परीक्षा आगामी चैत २१ गते देखि सुरु हुने भएको छ ।
नियमित तथा एक्जाम्टेड दुबै समूहको परीक्षा चैत २९ सम्म जारी रहनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसी परीक्षाको समय तालिका सार्वजनिक गरी नियमित तथा एक्जाम्टेड दुबै समूहबाट यस वर्षको एसएलसी परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा २०५७ सालमा ल्याएको सुधार कार्यक्रम अनुसार हुने जनाएको छ । त्यसमा अंग्रेजी र गणितका प्रश्नहरु विकास क्षेत्रगत र समान दुबै हुने र बाँकी अनिवार्य विषयका प्रश्नहरु विकास क्षेत्रगत हुने बताएको छ ।
No comments:
Post a Comment