>>राजाका दूत र गिरिजावीच भेट
काठमाडौं, जनवरी १३
अन्तरिम संविधान जारी भई प्रतिनिधिसभा विघटन हुनुभन्दा २ दिन अघि शनिबार राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आकस्मिक ढंगबाट भेट गरेका छन् ।
महर्जनले प्रमसँगको भेटमा गरेको कुराकानीको विषयवस्तुबारे केही पनि खुलाइएको छैन । तर राजाका सम्पूर्ण अधिकारहरु कटौती गर्ने गरी अन्तरिम संविधान जारी गर्न लागिएकै बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटका बारेका सरकारका तर्फबाट कुनै आधिकारिक स्वीकारोक्ति आएको छैन ।
त्यसैगरी सचिव महर्जनले प्रधानमन्त्री कोइरालासँग भेट गर्नुपूर्व शनिबार नै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणासँग पनि भेट गरेको थाहा भएको छ ।
No comments:
Post a Comment