नेपालको सम

Wednesday, January 17, 2007

>>कालाकोटेहरुको मतगणना मा प्रगतिशील समूह अगाडि

काठमाडौ ३ माघ २०६३
नेपाल बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अहिलेसम्म प्रगतिशील समूहका विश्वकान्त मैनाली अगाडि रहनु भएको छ।
मंगलबार राति १ बजे स्थगित भएको मतगणना कार्य आज बिहानबाट पुनः सुरु भएको हो । अहिलेसम्मको परिणाममा प्रगतिशील समूह नै अगाडि रहेको बताइएको छ। बारको अध्यक्ष पदका लागि पछिल्लो मतगणनाअनुसार प्रगतिशील समूहका विश्वकान्त मैनाली लोकतान्त्रिक समूहका उम्मेदवार बसन्तराज भण्डारीभन्दा निकै अगाडि रहनु भएको छ।
सबैभन्दा बढी मतदाता रहेको काठमाडौका साथै इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, सिराहा, पर्सा, सप्तरी, उदयपुर, रौतहट, जनकपुर, हेटौडा र सर्वोच्च बार केन्द्रको मतगणना भइसकेको छ।
करिब १० हजार मतदाता रहेको बारको निर्वाचनमा ७ हजार १ सयले मतदान गरेका थिए । मुलुकभरका ३३ मतदान केन्द्रमा गत शनिबार मतदान भएको थियो । स्रोतहरुका अनुसार आज बार निर्वाचनको परिणाम आउने सम्भावना रहेको छ।

No comments: