>>मानव तस्कर र देहव्यापारमा संलग्न माओवादी कब्जामा
काठमाडौ २७ पुस २०६३ । मानव किनबेच गर्ने एक भारतीय दलाल र देहव्यापारमा संलग्न तीन जना महिलालाई माओवादीले आफ्नो नियन्त्रणमा लिएका छन् ।
यसरी मानव तस्करी गर्ने सक्सेना नाम गरेका भारतीय नागरिकहरु रहेका छन् । स्थानीय वासिन्दाले निज सक्सेनालाई कञ्चनपुरको सुकुम्वासी टोलबाट नियन्त्रणमा लिएको बताएका छन् ।
आफूले रोजगार दिलाई दिने प्रलोभन देखाएर भारतको मुजफलर नगरमा लगेर त्यहाँ प्रतिव्यक्ति रु. ५० हजारमा बिक्री गर्ने गरेको सेक्सेनाले जनतासामु बताएको छ । सक्सेनाले स्थानीय नेपाली ठेकेदारको सहयोगमा लामो समयदेखि यस्तो काम गरिरहेको सक्सेनाले खुलासा गरेका छन् । स्थानीय ठेकेदारहरु सुकुम्वासी टोल, मनहरा, बहस गाउँका रहेका पीडितहरुले बताएका छन् । बेचिनेहरुमा १२ वर्षदेखि ३५ वर्ष उमेरका महिला पुरुष दुवै रहेका छन् । बेचिएका मध्ये हाल १ सय जति भारतमा अलपत्र रहेका खुल्न आएको छ ।
यस्तो व्यवसायबाट पीडित बस्तीहरु मनहेरा, बिजौरा, बहेश मुक्ति नगर, मालाखेती, सुकम्बासी टोल र गुलरिया गाउँ रहेका छन् । स्थानीयवासिन्दाले केही स्थानीय ठेकेदार र मुख्य दलाल सक्सेनालाई कार्वाहीको लागि मालाखेती इप्रकाको जिम्मा दिदा लापर्वाही गर्न खोजेकाले स्थानीय बासिन्दाले आफै लगेर माओवादी कार्यकर्ताको जिम्मा लगाएका हुन । स्थानीय बासीन्दाले यसवारे थप अनुसन्धान गरी आवश्यक कार्वाही अगाडि बढाइदिन माओवादीसँग अनुरोध गरेका छन् ।
त्यसैगरी देह व्यपारको नाममा समाजमा विकृति विसंगति फैलाउने ३ जना महिलालाई अखिल नेपाल होटल मजदूर संघले रङ्गेहात फेला पारेका छन् । २३ वषिर्य सिता चन्द, २६ बषर्ीय तारा थापा र ४० बषिर्य लक्ष्मी थापालाई संघका कार्यकर्ताले आज महेन्द्रनगर स्थित होटल गोरखनाथवाट नियन्त्रणमा लिएका छन् ।
तीन वर्ष पहिलेदेखि यो पेशामा लागेको सिता चन्द बताउँछिन् । होटल मालिक सीता गिरीले प्रतिब्यक्ति ५० रुपैयाको दरले यो कार्यको सम्पर्क मिलाउने गरेको पनि खुलसा भएको छ । प्रतिव्यक्ति ३ सयदेखि ५ सयमा आफ्नो इज्जत लुटाउँछन् । उनीहरुका ग्रहकमा सेना, प्रहरी र ड्रइभर अधिक रहेको उनीहरु बताउछन् । उनीहरु विवाहित हुन् । एक छोरा र छोरीका आमा खेती पाती केही नभएकाले यो पेशा समालेकी हु भन्छन् सिता चन्द ।
उनीहरु अहिले संघकै नियन्त्रणमा छन् । उनीहरुलाई आवश्यक प्रक्रियापछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने संघका जिल्ला अध्यक्ष सन्तोष योगीले बताउनु भयो ।
कतिले रहरले त कतिले बाध्यता भन्दै भित्रभित्रै भइरहेको यो कार्यले विकृति विसंगति मौलाई रहेको छ । त्यतातिर सम्बन्धि पक्षको ध्यान जान जरुरी भइसकेको स्थानीय बासिन्दा बताउछन् ।
No comments:
Post a Comment