नेपालको सम

Sunday, December 24, 2006

ँन्यायाधीशसँग ५० हजारको कुराकानी भएको थियो’

बालकृष्ण बस्नेत
काठमाडौं, पुस ८ - न्यायाधीश आक्रमणमा मुछिएका युवकले मुद्दा जिताउन न्यायाधीश केदारप्रसाद गिरीसँग ५० हजार रुपैयाँ खर्च गर्ने सहमति गरेको खुलासा गरेका छन् । न्यायाधीशलाई राजीनामा दिन दबाबका लागि आफू 'भ्वाइस रेकर्डर' लिई गिरी निवास पुगेको र त्यो थाहा भएपछि आफंैमाथि आक्रमण भएको दाबी ती युवकले गरेका छन् ।
'पचास हजार रुपैयाँ भए मिल्छ । तपाईं जानुस् भन्नुभयो,' न्यायाधीश निवासमा भएको कुराकानी सुनाउँदै प्रभातकुमार गुप्ताले कान्तिपुरसँग भने- 'त्यसपछि म रेकर्डर बन्द गरी नमस्ते गरेर जान लागेको थिएँ । बन्द गर्दा आवाज आयो र उहाँले थाहा पाउनुभयो ।'
गिरी निकटस्थ वीरगन्जका लालबाबु चौरासियाले मुद्दा मिलाइदिन्छु भनेपछि उनीसँगै राजधानी आएको र भ्रष्टाचारको भन्डाफोर गर्न रेकर्डर बोकी न्यायाधीश निवास पुगेको उनले बताए । यही बयान शुक्रबार काठमाडौं अदालतमा दिए पनि पैसाबारेको प्रसंग भने अदालतले नटिपेको गुप्ताले गुनासो गरे । रेकर्डर न्यायाधीश परिवारले खोसेको र त्यसक्रममा झडप हुँदा उनले नङकटुवा प्रयोग गरेको सन्दर्भलाई भने अदालतले लिखित बयानमै राखेको छ । २५ वषर्ीय गुप्ता परिवारले २०६१ सालमा मोही मुद्दा सर्वोच्चबाट हारेको थियो । त्यसको पुनरावलोकनबाट पनि नजितेपछि न्यायप्रति अनास्था भई न्यायपालिकाको विकृति रोक्न र विवादित न्यायाधीशलाई राजीनामाका लागि दबाब दिन रेकर्डरसहित पैसाको कुरा गर्ने योजना बनाएको उनले सुनाए । गुप्तामाथि 'न्यायाधीश मार्ने उद्योग'को अभियोग लगाइएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनले चक्कुमा गुप्ताको औंठा छाप देखाएको छैन । सरकारी अभियोगपत्रमा गिरीमाथि आक्रमण गर्दा बायाँ हातको बूढी औंला र चिउँडोमा चोट लागेको भनिएको
छ । स्वास्थ्य प्रतिवेदनमा चिउँडोमा घाउचोट रहेकोबारे केही उल्लेख गरेको छैन ।
आफू घूसखोरीविरुद्ध लागेको उल्लेख गर्दै गुप्ताले भने- 'त्यसलाई सार्वजनिक गर्न रेकर्डर बोकेर गएको हुँ । मार्ने उद्देश्य होइन ।' उनले सर्वोच्च अदालतको वेबसाइटबाट अन्य न्यायाधीशहरूको पनि सूची बोकेका थिए । त्यसमा कालोसूची मुद्दामा विवादमा आएका सर्वोच्चका न्यायाधीशहरू बद्रीकुमार बस्नेत
-हाल अवकाश), तपबहादुर मगर, राजेन्द्रप्रसाद कोइराला र विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाको नाम छ । गुप्ताको मुद्दा गिरीको इजलासबाट फैसला भएको थिएन ।
वीरगन्जका कानुनव्यवसायी जयाकान्तलाल दाससँग मुद्दा मिलाउने कुरा भएको र ती कानुनव्यवसायीको नाम लिएपछि न्यायाधीश गिरीले पनि आफ्नो मुद्दामा के भएको हो हेरिदिने आश्वासन पाएको गुप्ताले बताए ।
'उहाँ -गिरी) ले वकिललाई पठाइदिनुस् म कुरा गर्छु भन्नुभएको थियो,' आफूले रेकर्ड गरे पनि उक्त रेकर्डर खोसेर न्यायाधीश निवासमै राखिएको उनले दाबी गरे । रेकडर् र र नङकटुवा लुकाई छुरा प्रहार गरेको भनी आफूमाथि झूटो अभियोग लगाएको उनले बताएका छन् । प्रहरीले घटनास्थलमा ती दुवै सामान नभेटेको जनाएको छ । गुप्ताको बयानका विषयमा न्यायाधीश गिरीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
निवासको भुइँतलामा रहेको अध्ययन कोठामा प्रवेश गरी गुप्ताले ढोकामा चुकुल लगाई छुरा प्रहार गरेको, त्यसलाई छेकी कराएपछि परिवारका सदस्यहरू आई ढोकाको चुकुल फोरेर कोठाभित्र पसेको त्यसमा उल्लेख छ । प्रहरीको घटना प्रकृति मुचुल्कामा भने ढोका फोरेको जनाइएको छैन ।
शुक्रबार भएको थुनछेक बहसमा गुप्ताका कानुनव्यवसायीहरूले सरकारी अभियोग विरोधाभासपूर्ण रहेको, घटना प्रकृति मुचुल्काले कोठाको अवस्था सामान्य देखाएको र वैज्ञानिक अनुसन्धानमा पनि औंठा छाप नरहेकाले उनलाई साधारण तारेखमा छोड्न माग गरेका थिए ।

No comments: