नेपालको सम

Thursday, December 28, 2006

>>चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वस्थ्य संस्था ठप्प

काठमाडौ १३ पुस २०६३ । आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेपनि आफूहरुको सुरक्षाको पूर्ण प्रत्याभुति नहुन्जेल स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सकहरुले बताएका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.सुधा शर्माले मागका सम्बन्धमा सरकारका तर्फबाट ठोस प्रतिबद्धता नआएसम्म आन्दोलन फिर्ता नलिने बताउनुभयो । यसअघिका सरकारी आश्वासन फितलो भएको भन्दै डा.शर्माले समय सीमासहितको प्रतिबद्धता भए मात्रै आन्दोलन फिर्ता लिने बताउनुभयो । स्वास्थ्य संस्थामा सुरक्षाको प्रबन्ध मिलाउनका साथै स्वास्थ्य संरक्षण ऐन लागू गर्न माग गर्दै चिकित्सकहरुले हिजोदेखि आकस्मिकबाहेक अन्य सेवा ठप्प पारेपछि मुलुकभर स्वास्थ्य सेवा प्रभावित भएको छ ।
यसअघि सरकारले हिजो आन्दोलन फिर्ता लिन आव्हान गर्दै स्वास्थ्यकर्मीलाई वार्तामा बोलाएको थियो । हिजो भएको वार्तामा सहमति जुट्न नसकेपछि आज पुनःसरकारी प्रतिनिधि र स्वास्थ्यकर्मीबीच छलफल भइरहेको बताइएको छ । अत्यन्तै संवेदनशील मानिने स्वास्थ्य जस्तो क्षत्रमा गरिने निर्णयमा सबैको सहभागिता र प्रतिबद्धता हुन आवश्यक भएको भन्दै नेपाल चिकित्सक संघले आजको छलफलमा ८ राजनीतिक दलका प्रतिनिधिलाई समेत सहभागी गराउन सरकारलाई आग्रह गरेको डा.शर्माले जानकारी दिनुभयो

No comments: