यात्रुबाहक बस सेवा बन्द
पुस ९ गते
सदरमुकाम आउने जाने दैनिक बस सेवा ०६३ साल पुस ९ गते बिहानदेखि मिनी बस सेवा र मेची यातायात संघबीच भएको बस सञ्चालन सम्बन्धी विवादले बन्द भएपछि सयौं यात्रीहरू बाटैमा अलपत्र परेर बस्न बाध्य भएका छन।
मेची यातायात संघले चक्र प्रणलीमा आफ्ना बसहरू सञ्चालन गरिरहेको अवस्थामा मिनी बस व्यवसायीले पनि सोही रुटमा बस सञ्चालन गर्न थालेपछि विवाद सुरु भएको हो । बस ब्यवसायी संघको नियम अनुसार चक्र प्रणलीमा मिनी बस ब्यवसायी संघ ल चल्न नमाने पछि बस ब्यवसायी संघले यातायात बन्द गरेको हो ।
यसरी अचानक भएको यातायात बन्दले धेरै यात्रीहरू बाटोमा अलपत्र परेका छन् । यात्रीहरूले यात्रा गरिरहेका बेला अचानक गरिएको बन्दले यात्रीहरूलाई खान बस्न र आफ्नो उद्देश्य पुरा गर्न नसकी अलत्रप परेको गुनासो गर्दै यात्रीहरूले आफ्नो गन्तब्यसम्म पुग्न पाउनु पर्ने माग गरेका छन् ।
No comments:
Post a Comment