वृद्धालाई बोक्सीको आरोपमा कुटपिट गरी गाउँ निकाला
सुनसरी । पुस ९ गते
सत्तेरझोरा गाविस-१, भवानीपुर टोल बस्ने ६५ वर्षीया पल्टीदेवी उरावलाई बोक्सीको आरोपमा स्थानीय गाउँले र छिमेकीहरूले मरणसन्न हुनेगरी कुटपिट गरी गाउँमा बोक्सीले बस्न नपाउने भन्दै ०६३ पुस ५ गतेदेखि घरबाट निकाला गरिदिएको पीडितले बताइन् ।
पीडितका अनुसार एक हप्ता अगाडि देखि नै ३२ वर्षीय विष्णु उराव, उनकी पत्नी २७ वर्षीया भदवादेवी उराव, ३० वर्षीय रामप्रसाद उराव, ३४ वर्षीय कुसुमलाल उराँव, ३८ वर्षीय रविलला उराव र २६ वर्षीय मोटे उरावले कुटपिट गरेको र ५ गते घरबाट निकाला गरिदिए पछि पीडित इनरुवा नगरपालिका-५ महेन्द्रचोकस्थित भाइ बुधाई उरावको घरमा शरण लिएर बसिरहेकी छन् ।
अन्धविश्वास, रुढिवादी परम्पराका कारण बोक्सीको आरोपमा कुटपिट र गाउँ निकाला गरिखिने पीडकहरूलाई पक्राउ गरी कानुनी कारवाही गर्न ०६३ पुस ७ गते जिल्ला प्रहरी कार्यालय इनरुवामा जाहेरी दिएको पीडितका भाइ बुधाईले बताए ।
राम कोइराला
No comments:
Post a Comment