>>तीन जना विरूद्व ज्यानमुद
स्वससे
बुटवल, पुस १२/कपिलबस्तुको तौलिहवास्थित बुद्धज्योति बोर्डिङ स्कुलको आठ कक्षामा पढ्ने सौरभ द्विवेदीले विषसेवन गरी आत्महत्या गरेपछि अभिभावकले तीनजनामाथि कर्तव्य ज्यानसम्बन्धी अभियोग लगाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा मुद्दा दायर गरेका छन् ।
मृतकका बुबा जनार्दन द्विवेदीले सौरभसँगै पढ्ने छात्रा दिपिका सिंह उनकी आमा प्रेमशिला सिंह र शिक्षक हेमराज चौधरीमाथि मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । मुद्दा दर्ता सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले पुष्टि गर्दै सो घटनाबारे छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ ।
सौरभले गत पुस ५ गते विषसेवन गरी आत्महत्या गरेका थिए । सँगै पढ्ने छात्रा दिपिका सिंहकी आमा र शिक्षक हेमराज चौधरीले मोबाइलबाट मिसकल गरेको आरोपमा दर्ुर्व्यवहार गर्दा दुर्व्यर्वहार सहन नसकी विष सेवन गरी आत्महत्या गरेको मृतकका आफन्तले बताउँदै आएका छन् । सोही घटनालाई लिएर विद्यार्थीहरूले छ गते तौलिहवा बन्द गराएका थिए भने घटनाको छानबिनका लागि छानबिन समितिसमेत गठन भएको थियो ।
जीवन रक्षाको माग
यसैबीच रूपन्देहीको धकधई-४ कदमहवाका कर्ुवान अलिले छोरा मोहन भन्ने इजाज अन्सारीलाई माओवादीले अपहरण गरेको भन्दै जीवनरक्षाको पहल गरिदिन आग्रह गरेका छन् ।
मङ्गलबार एक अपिलमार्फ् कर्ुवानले माओवादीका जनमिलिसियाहरूले छोरालाई आइतबार राति धकधई चोकबाट जर्बजस्ती जीपमा राखेर लगेको उल्लेख गरेका छन् । अपहरित मोहन पर्ूव माओवादी कार्यकर्ता भएको बताइएको छ ।
No comments:
Post a Comment