>>बाँकेमा रहस्यमय तरिकाले आमाछोराको हत्या
काठमाडौ १५ पुस २०६३ । बाँकेको साई गाउँमा गएराति २ आमा छोराको रहस्यमय ढंगले हत्या भएको छ ।
नेपालगंजबाट करिब ४ किलोमिटर पश्चिममा पर्ने साई गाउँका ५० वर्षिया प्रेमा कुर्मी र उनका १८ वर्षिय छोरा कल्लु कुर्मीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मध्य राति १२ बजेतिर घरभित्रै हत्या गरेपछि प्रेमाको शव घिसारेको र छोराको शव काटेको स्थानमा छोडेको अवस्थामा फेला परेको छ । ४ छोराकी आमा प्रेमासँगै रहेका २१ वर्षिय माइलो छोरा राधेश्याम कुर्मीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । हत्या भएको रात उनी आमा र भाइसँगै एउटै घरमा थिए । मृतककी ४ वर्षिया नातिनी पुजाले हजुर आमा र काकाको हत्या भएको गाउँलेलाई बताएको आधारमा प्रहरीले उनलाई हिरासतमा लिएको हो । सोधपुछ र अनुसन्धान हुन बाँकी रहेकाले हत्याको कारण अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
उता डोटीको राणा गाउँमा रक्सी सेवनपछि भएको झगडामा एक युवकको हत्या भएको छ । नरी दमाईले लठ्ठीले कुटेर सोही गाउँका ३५ वर्षिय उद्धव मल्लको हत्या गरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment