>>लोकदोहोरी प्रतिगोगितामा झडप
काठमाडौ १५ पुस २०६३
भृकुटी मण्डपमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगितामा कार्यक्रम प्रस्तुत गर्दागर्दै बिजुलीको लाइन गएपछि आक्रोशित दर्शकहरुले विरोध प्रदर्शन गर्दा आज दिउँसो त्यहाँको स्थिति तनावपूर्ण भयो ।लाइन गएपछि गायक गायिकाहरु त्यहाँबाट हिडेका थिए । टिकट काटेर भित्र प्रवेश गरेका दर्शकहरुले गायक गायिकाहरुलाई उपस्थित गराउन भन्दै स्टेजमा ढुंगा प्रहार गरेका थिए । आक्रोशित भिडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गरेपछि अहिले त्यहाँको स्थिति सामान्य भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment