>> विविस्फोटनमा एकजना महिलाको मृत्यु, तीन जना घाइते
मोरङ । पुस ११ गते
उर्लाबारी गाविस-४ पश्चिम बसस्टेशनमा ०६३ पुस ११ गते ३.०० बजे विस्फोटक पदार्थ विस्फोटन हुँदा एकजना महिलाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, मृत्यु हुनेमा विराटनगर उपमहानगपालिका-२२ की ३० वर्षीया मुसनी धुनिया रहेकी छन् । घाइते हुनेहरुमा विराटनगर उपमहानगरपालिका-२२ कै ४० वर्षीया बवनी धुनिया, मधुमल्ला गाविस-५ की १८ वर्षीया सुस्मा बोहोरा र झापा जिल्ला बेलडाँगी गाविस-२ स्थित भुटानी शरणार्थी शिविरका डम्बरसिंह (डीएस) काफ्ले रहेका छन् । काफ्ले भुटानी पिपुल्स पार्टी केन्द्रीय सदस्य हुन् ।
काफ्ले र सुस्माको झापा जिल्ला, दमक नगरपालिकास्थित लाइफलाइन अस्पतालमा उपचार गरिएको र बवनीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इस्पेक्टर रुप नेउपानेले बताए । काफ्लेको ढाड र सुस्माको खुट्टामा ग्रिनेटको छर्रा लागेको थियो भने धुनियाको स्वास्थ्य स्थिति थाहा हुन नसकेको बताइएको छ । मुसनीको लास पोष्मार्टमका लागि कोसी अञ्चाल अस्पतालमा राखिएको छ ।
मुसनीले सडकमा फालिएका सामान संकलन गरी प्लास्टिकको बोरामा हाल्न एउटा धातुजन्य बस्तुबाट माटो टकटक्याउने क्रममा ढुंगामा ठोक्काउँदा अचानक सो विस्फोटन भएको प्रहरीले जनाएको छ ।
दीपेन नेउपाने
No comments:
Post a Comment