नेपालको सम

Tuesday, December 26, 2006

>> माओवादीद्वारा टुकी संघ सुनकोशीको साधारण सभामा हस्तक्षेप, गैसस महासंघद्वारा विरोध
सिन्धुपाल्चोक । पुस १० गते
टुकी संघ सुनकोशी, थुम्पाखरको चार दिन अगाडि भएको वाषिर्क साधारण सभामा माओवादीले हस्तक्षेप गरी आफ्नो पक्षका उमेद्वारलाई जबर्जस्ती निर्विरोध गराउन निर्वाचन मण्डललाई धम्की दिई आतंकित र त्रसित बनाउन ताण्डव नृत्य प्रदर्शन गरेको भन्दै गैर सरकारी संस्था महासंघ-नेपाल, जिल्ला शाखाले ०६३ पुस ९ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको घोर विरोध गरेको छ ।
माओवादीले गरेको सो कार्य आपत्तिजनक र निन्दनीय मात्र होइन कि भर्खर सम्पन्न सरकार-माओवादी शान्ति सम्झौताको ७.४१ मा उल्लेखित बुँदाहरूको र अन्तरिम संविधानको मौलिक हकको १२.२ को (घ) मा उल्लेखित भावनाको ठाडो उल्लंघन हो भनिएको छ । महासंघका अध्यक्ष सोम सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सामाजीक संस्था माथीको राजनितिक हस्तक्षेप बन्द गर्नसमेत माओवादीलाई अनुरोध गरेको छ ।
नातिबाबु धिताल

No comments: