नेपालको सम

Tuesday, December 26, 2006

>>मानवअधिकार संस्थाको कार्यालयमा बम बिस्फोटको प्रयास

सप्तरी । पुस १० गते
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का कार्यकर्ताले सप्तरी जिल्ला राजबिराज नगरपालिका-४ स्थित इन्सेक आबद्ध संस्था मानवअधिकार तथा समाजिक सेवा केन्द्र (हुसेक) को कार्यालयमा ०६३ पुस ९ गते बेलुकी शक्तिशाली बम बिस्फोटको प्रयास गरेका छन् । नेकपा (एमाले) का सगरमाथा अञ्चल समन्वय समितिका सचिव सुमन प्याकुरेलको घरमा रहेको सो कार्यालयमा मोर्चाले बेलुकी ७.४५ बजे राखेको बम भोलिपल्ट बिहान सुरक्षाकर्मीले निस्कृय पारेका थिए । बमको डिटोनेटर बाहिर निक्लेका कारण बम बिस्फोट नभएको बताइएको छ ।
यसअघि, जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का जिल्ला संयोजक विवस विद्रोहीले हुसेक कार्यालयमा कार्यक्रम संयोजक दिनेश यादवलाई टेलिफोन गरी प्याकुरेलको हत्या गर्न तथा कान्तिपुर दैनिकका स्थानीय सम्वाददाता लगायत स्थानीय पत्रकारहरूलाई टेलिफोन गरी घर ध्वस्त पार्न बम राखिएको बताएका थिए ।
यसैबीच, इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले एक विज्ञप्ति प्रकाशन गरी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का कार्यकर्ताले सप्तरी जिल्ला राजविराज नगरपालिका-४ स्थित इन्सेक आवद्ध संस्था मानवअधिकार तथा समाजसेवा केन्द्र (हुसेक) को कार्यालयमा बम बिस्फोटको प्रयास गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षा भएको भन्दै आउँदा दिनमा यस्ता क्रियाकलापहरू नदोहोर्याउन सम्बन्धित मोर्चासँग आह्वान गरिएको छ ।
विज्ञप्तिमा नेकपा (एमाले) का सगरमाथा अञ्चल समन्वय समितिका सचिव सुमन प्याकुरेलको घरमा रहेको सो कार्यालयलाई लक्षित गरी गराएको उक्त घटनाले प्याकुरेलको हत्याको प्रयास गर्नुका साथै सिङ्गो मानवअधिकार संस्थाहरू माथि नै प्रहार गरेको उल्लेख गरिएको छ । साथै, घटनाको तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न राज्यपक्षसँग जोडदार माग गरिएको छ ।
यसैगरी, सप्तरी जिल्लाका आठ राजनीतिक दलको संयुक्त बैठक बसी एमालेका अञ्चल समन्वय कमिटिका सचिव सुमनराज प्याकुरेल माथि जनधनको क्षती पुर्‍याउने उद्देश्यले भएको ग्रिनेड बम विस्फोटन गर्ने दुस्प्रयासको आठ राजनीतिक दल घोर निन्दा र भर्त्सना गरेको छ ।
साथै, मुलुकको सबै खाले सम्या शान्तिपूर्ण तवरले वार्ताद्वारा समाधान गर्न आठ दल तत्पर रहेको र सरकारलाई समेत बारम्बार आग्रह गरिरहेको बेला राजनीतिक व्यक्ति माथि अमर्यादित कृयाकलाप नगर्न मोर्चालाई आग्रह गरिएको छ ।
प्रकाश खतिवडा

No comments: