नेपालको सम

Wednesday, December 27, 2006

>> चालकको हत्या गरी करिब ९ लाख लिएर खलासी फरार

काठमाण्डौ डिसेम्बर, २६
त्रिभुवन राजपथ अन्तर्गत बारा जिल्लाको बहुअरि गाउँविकास समिति वडा नम्बर ६ मा आज एक ट्रकका खलासीले सोही ट्रकका चालकको हत्या गरी उनीसँग भएको पैसा लुटेर लगेका छन् ।खलासीद्वारा हत्या गरिएका वीरगंज नगरपालिका वडा नम्बर- १७ घर भएका ५२ वर्षका ट्रक चालक अवत् भनिने अजय प्रसाद कुर्मी रहेका छन् । कुर्मीलाई आफ्नै ट्रकका खलासी बारा जिल्लाको तैयार गाउँविकास समिति घर भएका दिनेश शाहले हत्या गरेका हुन् ।पोखराबाट वीरगंजतिर गइरहेको ना १ ख ७६७५ नम्बरको ट्रक विहान ६:३० बजे बारा जिल्लाको बहुअरिमा आएपछि खलासी शाहले ट्रक चालक कुर्मीको टाउकोमा रड प्रहार गरी मारेका थिए । कुर्मीलाई मारेपछि शाहले उनीसँग भएको ८ लाख ८० हजार रुपैंया लुटेर भागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

No comments: