नेपालको सम

Thursday, August 16, 2007

नेपाल चिनाउने अभियानमा सहभागी बनौँ

केही दिनदेखि इमेलमा नेपाल चिनाउने अभियानमा सहयोगका लागि अपीलहरु आउने गरेका छन्। केही अघि विश्वका नयाँ सात आश्चर्यको घोषणा गरिएको थियो। अहिले फेरि विश्वका सात प्राकृतिक आश्चर्यको घोषणा गर्ने तयारी भइरहेको छ। यसको पहिलो प्रक्रियाका रुपमा स्थान छान्नका लागि अहिले मतदान भइरहेको छ। नेपालको कुनै स्थान यो सूचिमा पर्‍यो भने लाखौँ डलर तिरेर हुननसक्ने नेपालको प्रचार हुनेछ। आउनुस्, हामी पनि यो अभियानमा सहभागी बनौँ। हामी लाग्यौँ भने यो संभव छ। हामीले मिलेर एउटा नेपाली गीतलाई बीबीसीको विश्वका टप टेन गीतको सूचिमा त पारेका थियौँ भने प्राकृतिक आश्चर्यको सूचिमा सगरमाथा राष्ट्रिय पार्कलाई समावेश गर्न पनि गार्‍हो हुने छैन।
कसरी दिने त भोट ?
  • -प्राकृतिक सात आश्चर्यको वेबसाइटमा जान यहाँ क्लिक गर्नुस्।
  • नयाँ खुलेको पेजमा सबैभन्दा माथि तपाईँको इमेल ठेगाना टाइप गर्नुस्।
  • - देशमा तपाईँको देश नेपाल छान्नुस्।
  • - अब नोमिनेसन १ लेखिएको ठाउँमा Sagarmatha Park, Nepal टाइप गर्नुस्।
  • - क्याटेगोरीमा Nature Conservancy Park छान्नुस्। देशमा "नेपाल" छान्नुस्।
  • - अब Submit मा क्लिक गर्नुस्।

त्यसपछि तपाईँको इमेल ठेगानामा एउटा इमेल आउनेछ। त्यसमा तपाईँको मतलाई निश्चित गर्न भनिनेछ। त्यहाँ भनिएको ठाउँमा क्लिक गरेपछि बल्ल तपाईँको मत दर्ता हुनेछ।

तपाईँले एउटा मात्र हैन, सात वटा मनोनयन गर्न पाउनु हुनेछ।

  • हामीले निम्न स्थान पनि मनोनयन गर्न सक्छौँ
  • Sagarmatha N Park (National park)
    • Kaligandaki Valley, Deepest Gorge of world (Canyon)
    • Lomangthang, Upper Mustang (Prehistoric Natural)
    • Geology of Kaligandaki River (Geological Site) (You can observe unique Himalayan rocks and structures within 30 km stretch)
    • Fish Tail Mountain (Machhapurchhe) Pokhara (Mountain)
    • Rara Lake, Mugu (lake)
    • Thorang-la Pass, Mustang-Manag (Mountain)

    हाम्रो मतहरुको विश्लेषणपछि विज्ञहरुले २१ वटा स्थान चुन्नेछन्। अनि ती २१ स्थानमध्येबाट सात वटा चुन्न फेरि मतदान गर्नुपर्ने हुन्छ। नयाँ प्राकृतिक सात आश्चर्यको घोषणा सन् २००८ को ८ महिनाको ८ तारिखका दिन हुनेछ। त्यसैले अहिले नै मतदान गरिहालौँ।

    [इमेलमा प्राप्त विभिन्न आह्वान, अपीलको समर्थनमा]

    ©Mero Sansar

    1 comment:

    Salik Shah said...

    Please, have a look.
    We are talking about organizing a grand e-meet of Nepali bloggers.
    Please, tell us about your views.
    You’re a part of the community. And, let’s know each other.

    Blowing air to Nepali blogosphere

    Regards,
    Salik