नेपालको सम

Saturday, January 6, 2007

>>यातायत मजदुर हड्तालका कारण कोशी ठप्प

काठमाडौ २२ पुस २०६३ । प्रहरीले सवारी चालकलाई जबरजस्ती गलत बयानमा हस्ताक्षर गराएको विरोधमा यातायात मजदुर संगठनहरुले आज कोशी अञ्चलभरि सवारी आवागमन बन्द गरेका छन् ।
बन्दले विराटनगर, धरान, इटहरी, इनरुवा, धनकुटालगायत प्रमुख सहरी क्षेत्रका लामो तथा छोटो दुरीका सवारी साधन बिहानैबाट ठप्प छन् । विराटनगरबाट जोकमनी र रंगेली लगायत छोटो दुरीका सवारी पनि बिहानैबाट बन्द छन् । सडकमा केही रिक्सा र मोटरसाइकल मात्र गुडेका छन् ।
विराटनगरबाट कटारी जाँदै गरेको एक यात्रु बसको ठक्करबाट इनरुवामा गत पुस ३ गते स्थानीय ५९ वर्षिय साइकल यात्री रामलाल देवको मृत्यु भएको थियो । सो घटनामा पक्राउ गरिएका चालक हेमनारायण उराउलाई गाडी ब्याक गरेर जानजान मारेको भन्ने बयानमा जबरजस्ती हस्ताक्षर गराएको भन्दै विरोधमा यातायात मजदुरहरुले बन्द आव्हान गरेका हुन् । घटनाको यथार्थ बुझेर बयान लिइनुपर्ने माग राखेका मजदुर संगठनहरुले आज कोशी क्षेत्र र भोलिदेखि पूर्व क्षेत्रमा अनिश्चितकालिन चक्काजाम गर्ने घोषणा गरेका छन् । मजदुर संगठनहरुले गरेको चक्काजामलाई यातायात व्यवसायी महासंघले पनि समर्थन गर्दै प्रहरीले सत्यतथ्यका आधारमा बयान लिनुपर्ने माग गरेको छ ।

No comments: