नेपालको सम

Monday, January 8, 2007

>>आजदेखि सातामा आठघण्टा लोडसेडिङ

काठमाडौँ, पुस २३/प्रत्येक साता पाँच घण्टा लोडसेडिङ खेप्दै आएका उपभोत्ताहरूले आइतबारदेखि साताको आठ घण्टा लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नदीहरूमा पानीको बहावमा कमी आएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि साताको आठ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
अहिलेसम्म साताको एकपटक बेलुका मात्र लोकसेडिङ गर्दै आएको प्राधिकरणले अबदेखि बिहान पनि लोडसेडिङ गर्ने जनाएको छ । प्राधिकरणका अनुसार बिहान ५ देखि ८ बजेसम्म थप लोडसेडिङ हुनेछ ।
प्राधिकरणले उपत्यकाभित्र बेलुकी साढे ५ देखि साढे ७ बजेसम्म र उपत्यकाबाहिर ६ देखि साढे ८ बजेसम्म लोडसेडिङ गर्दै आएकोमा अब ६ देखि ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

No comments: