नेपालको सम

Thursday, January 4, 2007

>>समयमा नागरिकता वितरण नगर्नेमाथि कारबाही हुने

स्वससे
नेपालगञ्ज, पुस १९/निर्धारित समयमा नागरिकता वितरण नगर्ने जिल्लाका अधिकारीलाई सरकारले कारबाही गर्ने भएको छ । संविधानसभा निर्वाचनअघि नै नागरिकता वितरण भइसक्नर्ुपर्ने हुँदा माघ १ गतेदेखि नागरिकता वितरण गर्न मध्यपश्चिमका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई सरकारले निर्देशन दिएको छ ।
"माघ १ बाट फागुन मसान्तसम्म नागरिकता वितरण कार्य पूरा हुनर्ैपर्छ"- गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार नेपालगञ्जमा मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिँदै भन्नुभयो- "कुनै पनि बहानामा मैले काम गर्न सकिन भन्न पाइँदैन ।"
लोकतन्त्रपछि पहिलोपटक यहाँ भएको सुरक्षा अधिकारीको सम्मेलनमा गृहमन्त्री सिटौलाले पुस महिनाभित्र सरकार र माओवादीबीच सबैखाले सहमति भइसक्ने बताउँदै उहाँले माघ १ गतेबाट मुलुक संविधानसभाको चुनावको तयारीमा अगाडि बढ्ने बताउनुभयो । "पुससम्ममा सबै समस्या समाधान हुन्छन्"- गृहमन्त्री सिटौलाले भन्नुभयो ।
सरकार आगामी जेठमा संविधानसभाको चुनाव गराइछाड्ने प्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उहाँले जनआन्दोलनलाई लक्ष्यमा पुर्‍याउन जनताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
सङ्क्रमणकालीन अवस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन, द्वन्द्वको बेला विस्थापित भएकाहरूलाई ससम्मान घर र्फकने व्यवस्था मिलाउन, संविधानसभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उपयुक्त रणनीति बनाउन गृहमन्त्री सिटौलाले सुरक्षाअधिकारीहरूलाई निर्देशन दिनुभयो ।
"प्रतिक्रियावादीहरूले संविधानसभाको चुनावलाई विथोल्न के कस्तो षडयन्त्रहरू गर्दैछन् भन्ने विषयमा ध्यान दिई उपयुक्त रणनीति तयार पार्न जरुरी छ"- उहाँले भन्नुभयो- "अब हिजोकै शैली र सोचले जनताको भावना र लोकतन्त्रको मर्मअनुसार काम हुन सक्दैन ।"
समयमै संविधानसभाको चुनाव सम्पन्न गराउनु नै सबैभन्दा महत्वपर्ूण्ा कार्य भएकाले सीमित साधन-स्रोत र जनशक्तिको अधिकतम उपयोग गरी कार्य गर्न उहाँले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभयो । "यो वा त्यो बहानामा काम हुन सकेन भन्ने कुरा सरकार सुन्न चाहँदैन"- उहाँले भन्नुभयो ।
पुस महिनाभित्रै सबै प्रहरी चौकीहरू पुनःस्थापित भइसक्नु पर्ने कुरामा जोड दिँदै उहाँले भन्नुभयो- "भवन छैन, साधन-श्रोत छैन भने घर भाडामा लिएर, त्रिपाल टाँगेर भए पनि चौकीहरू पुनःस्थापित हुनर्ैपर्छ ।" माघ १ गतेदेखि नागरिकता वितरणको काम सुरु हुनैपर्नेमा उहाँको जोड थियो ।
नेपालगञ्ज घटनाका बारेमा मन्त्री सिटौलाले घुमाउरो ढङ्गले सुरक्षा अधिकारीले शान्तिसुरक्षा कायम गर्न र जनताको ज्यूधनको सुरक्षा गर्न नसकेको भन्दै त्यस्ता अधिकारीमाथि कारवाहीको सङ्केत दिनुभयो । "तपाईँहरूकै सामुन्नेमा पसल लुटिन्छन्, यसले कसरी कर्तव्य निर्वाह गरेको र्ठहर्छ -"- उहाँले प्रश्न गर्नुभयो ।
गृहसचिव उमेश मैनालीले माघ १ गतेदेखि सुरक्षा निकायका प्रमुखहरूलाई घरविदा र काजमा नबस्न आग्रह गर्नुभयो । "माघ १ गतेदेखि नागरिकता वितरणको काम सुरु हुनर्ैपर्छ"- उहाँले भन्नुभयो- "जुन जिल्लाले वितरण कार्य सुरु गर्दैन, त्यसमाथि कारबाही हुनेछ ।"
गोष्ठीमा प्रहरी महानिरीक्षक ओमविक्रम राणा, सशस्त्र प्रहरी बलका महानिरीक्षक वासुदेव ओली, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकृत धनसिंह कार्कीको पनि सहभागिता रहेको छ । गोष्ठीमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, सशस्त्र प्रहरी बलका कार्यालय प्रमुखहरू, क्षेत्रीय प्रशासक, जनपद, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय प्रमुखहरूको पनि सहभागिता रहेको छ ।

No comments: