नेपालको सम

Saturday, January 13, 2007

>>माओवादीलाई कालोमोसो र जुत्ताको माला

सुर्खेत । पुस २८ गेत

स्थानीय कुनाथरी गाविसका गाजस प्रमुख ४२ वषीय क्षेत्रबहादुर खड्काले सोही स्थानकी एक विधवा महिलासँग यौनसम्पर्क गरिरहेकै समयमा रङ्गेहात फेला पारी स्थानीय जनताले कालोमोसो र जुत्ताको माल लगाई बजार परिक्रमा गराएका छन् ।
कुनाथरी गाविस-४ निवासी ३५ वर्षीया विधवा माया मर्साासँग ०६३ पुस २७ गते राति यौन सम्पर्क गर्दैगर्दा रङ्गेहात जनताको कब्जामा परेका खड्कालाई ०६३ पुस २८ गते बिहान स्थानीय जनताले बड्डीचौर बजार परिक्रमा गराएका हुन् । मर्सा भने सो घट्ना पछि फरार भएकी छिन् ।
जनताको कब्जामा रहेका खड्काले घरमा पेस्तोल भएको बताउँदै आफूलाई कब्जामा लिने व्यक्तिहरूलाई जे पनि गर्न सक्ने धम्की दिएको स्थानीयवासी ताराकेशर गौतमले बताए । उनका अनुसार खड्काले यस्तो धम्की दिएको र स्थानीय माओवादी कार्यकर्ताहरूले जिल्ला कमिटीले नै खड्कालाई बुझ्नु पर्ने भनी पन्छिएपछि स्थानीय जनताले खड्कालाई हाल पनि कब्जामा राखेका हुन् ।
दुर्गा थापा

No comments: