नेपालको सम

Tuesday, January 9, 2007

>>प्रतिवेदनले पूर्णता पायो

काठमाडौ २५ पुस २०६३ । संयुक्त राष्ट्रसंघले प्राविधिक मुल्याङ्कन मिसनको नेपाल सम्बन्धि प्रतिवेदनलाई आज पूर्णता दिने भएको छ ।
केही साताअघि नेपाल आएको प्राविधिक मुल्याङ्कन मिसनको प्रतिवेदनले आज पूर्णता पाएपछि पर्सी बिहीबार राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफलका लागि पेस गरिने छ । सुरक्षा परिषदले मिसनको प्रतिवेदनलाई यसै साता अनुमोदन गर्ने राष्ट्रसंघीय मुख्यालयस्थित उच्च स्रोतले बताएको छ ।
झन्डै १ महिनाअघि नेपाल आएको मिसनले एक साताको अध्ययनपछि शान्ति प्रक्रियाका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा बजेट समेटिएको प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन अनुमोदन भएपछि जारी शान्ति प्रक्रियामा सघाउनका लागि राष्ट्रसंघको पूर्ण राजनीतिक मिसन नेपालमा स्थापित हुनेछ । राष्ट्रसंघीय स्रोतका अनुसार पूर्ण राजनीतिक मिसन १ सय ८६ जना सैन्यविद सहभागी गराउन प्रस्ताव गरिएको छ । यसका अतिरिक्त निर्वाचनविज्ञ, राजनीतिक सल्लाहकार लगायतका नागरिक प्रतिनिधि गरी पूर्ण राजनीतिक मिसनको सदस्य संख्या भने २ सय भन्दा बढी नहुने बताएको छ ।
प्रतिवेदनबारे छलफल प्रयोजनका लागि गत शुक्रबार नै नेपालका लागि राष्ट्रसंघीय दुत इयान मार्टिन न्युयोर्क प्रस्थान गर्नुभएको थियो । न्युयोर्क पुगेका मार्टिनले आज राष्ट्र संघस्थित नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यसँग भेटवार्ता गर्नु भएको छ । आचार्यले नेपालको पछिल्लो स्थितिबारे मार्टिनसँग छलफल भएको बताउनुभयो । उहाँहरुबीच हिजोदेखि औपचारिक रुपमा सुरुभएको हतियार व्यवस्थापनको प्रक्रियाबारे समेत छलफल भएको थियो

No comments: