नेपालको सम

Friday, January 19, 2007

>>अन्तरिम सरकारमा उपप्रधानमन्त्री माओवादीको मात्र हुनेःगजुरेल

काठमाडौ ४ माघ २०६३
नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेल गौरबले दुई सातापछि बन्ने अन्तरिम सरकारमा आफ्नो पार्टीबाहेक अरुले उपप्रधानमन्त्री नपाउने दावी गर्नुभएको छ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले आप\m नो पार्टी कृष्णबहादुर महराको नेतृत्वमा उपप्रधानमन्त्रीसहित सरकारमा जाने बताउनुभयो । विधानसभाको निर्वाचन समयमै गर्न छिटो अन्तरिम सरकार बनाउनुपर्छ,' गौरबले भन्नुभयो, सरकारमा व्यवस्थापिकाबाहिरबाट कोही पनि जाँदैन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारमा प्रचण्ड वा डा. बाबुराम भट्टराईमध्ये एक आउनुपर्ने आशयको अभिव्यक्ति दिएको सन्दर्भमा गजुरेलले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले अमेरिका संविधानसभा विरोधी भएको आरोपसमेत लगाउनुभयो । हतियार भण्डारणका पक्षमा माओवादी गम्भीर भए पनि सरकारले त्यति चासो नलिएको आरोप लगाउँदै गजुरेलले संविधानसभामा गणतन्त्रवादीको एउटै मोर्चा बनाउने बताउनुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले कन्टेनरमा हतियार भरिएपछि मात्र माओवादीसहितको अन्तरिम सरकार बन्ने बताउनुभयो । 'हतियार अनुगमनपछि अन्तरिम सरकार बन्छ,' निधिको भनाइ थियो- कन्टेनरमा हतियार तालाबन्दी भई हातमा माोवादीले चावी लिएपछि सरकार बन्छ । साथै उहाँले चरणबद्ध रुपमा काम गर्दै जाने सहमति नेपाल सरकारसित माओवादीले गरेको दावीसमेत गर्नुभयो ।

No comments: