नेपालको सम

Saturday, January 13, 2007

>>आज संगीत-यात्रा सन्धीखर्कमा जम्ने

सन्धीखर्क, २९ पुस २०६३ । देशव्यापी संगीत भ्रमणमा निक्लेको नेपाली लोक-रक व्याण्ड नेपथ्य, शुक्रबार दिउँसो अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क आइपुगेको छ । मध्यपश्चिमको सुर्खेतमा बिहीबार आयोजित खुला कार्यक्रम सकेर अर्घाखाँची भित्रिएको यात्रा टोलीले सहरमा नौलो चहलपहल बढाएको छ ।
व्यवस्थापन संस्था नेपालयको प्रमुख आयोजनामा देश भ्रमण गरिरहेको नेपथ्यको आज हुने कार्यक्रमको स्थानीय आयोजक यहाँको कुर शंखेटारीस्थित भगवती मावि रहेको छ । सोही विद्यालयको खुला मैदानमा हुने कार्यक्रम आज दिउँसो २ बजे सुरु हुनेछ । कार्यक्रम निर्धारित समयमा सुरु हुने र करीब दुईघण्टा नेपथ्यले आफ्ना गीत सुनाएर मनोरञ्जन प्रदान गर्ने कुरा आयोजकहरुले जानकारी गराएका छन् ।
टीकट विव|mीबाट संकलित रकम विद्यालयको सहयोगार्थ संकलन हुने यस कार्यक्रममा शारीरिक, आर्थिक वा सामाजिक कारणले मनोरञ्जनबाट बञ्चित हुन बाध्य श्रोताहरूका निमित भने निमन्त्रणाको व्यवस्था गरिएको छ । स्कुले बालबालिका, महिला र शारीरीकरुपले कमजोर दर्शकका निम्ति बस्ने स्थानको समेत विशेष व्यवस्था गरिएको नेपालयका किरण कृष्ण श्रेष्ठले जानकारी गराएका छन् ।
'शान्तिको लागि शिक्षा' शीर्षक अन्तरगत विगत चार वर्षदेखि सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले सन्धीखर्कमा गर्न लागेको यो पहिलो कार्यक्रम हो । प्राविधिक र स्थानीय आयोजकहरु शुक्रबार दिउँसोदेखि नै शंखेटारीस्थित भगवती माविको मैदानलाई व्यवस्थित गर्न सक्रिय रहेका थिए । यसपालीको यात्रामा अधिकांश स्थानमा हलभित्र कार्यक्रम आयोजन गरिए पनि घनकुटा र सुर्खेतमा भने यहीँ जस्तै खुल्ला कार्यक्रम सम्पन्न भइसकेको कुरा पनि जानकारी गराइएको छ ।
कार्यक्रमका निम्ति रङ्गमञ्च, ध्वनी, प्रकाश र छायांकनका सम्पूर्ण सामग्री बोकेर हिंडेको टोलीका यातायात साधनमा लेखिएका 'शान्तिको लागि शिक्षा' अंकित ठूला र रङ्गीन अक्षर हेर्नेहरूका मुहार पढेरै आजको कार्यक्रम जम्ने कुरामा नेपथ्यका कलाकार र आयोजकहरू ढुक्क देखिन्छन् ।

No comments: