>>मानव अधिकारवादी संस्थामाथि भएको डकैतीको निन्दा
काठमाण्डौ जनवरी, २
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जमा सोमबार आएका हतियारधारी अज्ञात समूहद्वारा कार्यालय तोडफोड गर्दै भएको डकैतीको मानवअधिकारवादी संस्था हिमराइट्सले निन्दा गरेको छ।हिमराइट्सकी कार्यकारी अध्यक्ष अञ्जना शाक्यद्वारा जारी विज्ञप्तिमा मानव अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको उक्त संस्थामा डकैती शैलीमा भएको घटनाले आम सर्वसाधारणको सुरक्षाको प्रत्याभूतिमा समेत प्रश्न चिन्ह खडा भएको छ भन्दै मुलुक दिगो शान्तितर्फ उन्मुख भइरहेको अवस्थामा यस्ता खालका घटना हुनु र जनमानसमा आतंक तथा तनाव सिर्जना गर्ने तत्वहरु सक्रिय रहनुले राज्यको सुरक्षा संयन्त्र कमजोर रहेको ठहर छ भनिएको छ ।यस घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनी कारवाही गर्न तथा यस्ता घटनाहरुलाई निरुत्साहित गरी जनमानसमा शान्ति सुरक्षा कायम गर्न एवं पुनः दोहोरिन नदिन हिमराइट्सले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
No comments:
Post a Comment