मणिपाल शिक्षण अस्पतालका मजदुर आन्दोलनमा
पोखरा,राजेन्द्र
मणिपाल शिक्षण अस्पताल, पोखरामा कार्यरत मजदुर ठेकेदारी प्रथाको अन्त्य गरी अस्पतालबाट नियुक्ति र उचित सुविधा पाउनुपर्नेलगायतका १३ सूत्रीय माग राख्दै हिजोदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत मजदुरहरूले हिजो ११ बजेदेखि ४ बजेसम्म काम बन्द गरे । श्रम ऐनअनुसार सुविधा नदिइएको, श्रम शोषण गरिएको, तोकिएभन्दा बढी समय काम गर्नुपरेको र औषधोपचारको सुविधा नभएको उनीहरूले बताएका छन् ।
आन्दोलनरत मजदुरहरूले अखिल नेपाल मजदुर सङ्घ, मणिपाल इकाई अध्यक्ष जमुना गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन गरेका छन् ।करिब एक दशकअघि स्थापित अस्पतालले विभिन्न म्यानपावर कम्पनीका माध्यमबाट मजदुर ल्याएर काममा लगाउँदै आएको छ ।
मजदुरहरूले न्यूनतम मासिक तलब रू.दस हजार, रू.पाँच लाखसम्मको स्वास्थ्य बीमा, तोकिएको बाहेकका अन्य काम गर्न नपर्ने व्यवस्था र २४० दिन काम गरेकालाई स्थायी गर्नुपर्ने माग राखेका छन् ।
No comments:
Post a Comment