नेपालको सम

Friday, December 22, 2006

शिक्षक कुटने सेनाका सुविदारलाई १० दिनभित्र कारवाही गरिने

उदयपुर । पुस ६ गते
त्रिभुवन नगरपालिका-७ भुल्के स्थित सत्यदेवी प्राविका प्रशिक्षार्थी शिक्षकलाई कुटपिट गर्ने नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के उदयपुरका सुवेदार टिकाराम थापालाई सेनाले १० दिन भित्र कारवाही गर्ने भएको छ।
विद्यालय सञ्चालन भई रहेको अवस्थामा सुविदार थापाले पुस ५ गते शिक्षक सुदिप हमाललाई कुटपिट गरेका थिए । उनले आफ्नो तीन कक्षमा छोरीलाई शिक्षकले कुटेको आरोप लगाउँदै कुटेको बताइएको छ ।
घटनापछि विद्यालयका विद्यार्थी र शिक्षकलगायत त्रियुगा जनता बहुमुखी क्याम्पसका विद्यार्थीले दोषीलाई कारवाहीको माग गर्दै टाएर बालेर सडक अबरुद्व बनाएका थिए । सोही विषयलाई लिएर पुस ६ गते नेपाली सेनाका जर्नेल शिवकुमार पौड्याल, कर्र्णोलद्वय प्रकाशसिंह बोगटी र दीपक घले गुरुङ्ग र शिक्षक विद्यार्थी बीच सो सहमती भएको हो ।
विद्यालय ब्यवस्थापन समिती शिक्षक विद्यार्थी संगठनका प्रतिनिधि बीच भएको छलफलमा थापाले सार्वजनिकरुपमा माफी माग्ने, आउने दिनमा यस्तो घटना हुन नदिने र घाइतेको उपचार गर्ने सहमती भएको विद्यालयका प्रधानअध्यापक तिलक कटुवालले बताए ।
उक्त घटनामा सहमती भए पनी हिजो कटारीमा माओवादी सेनाले छलफल भइरहेको बेला एमाले निकट विद्यार्थीलाई आक्रमण गरेको विरोधमा यातायात बजार र शैक्षिक संस्था बन्द गराएका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
कुसलबाबु बस्नेत

No comments: