म्ााओवादी शिविरका चालिस प्रतिशत सेना घाइते
कृष्ण अधिकारी/स्वससे
नेपालगन्ज, पुष १/रोल्पाको दहबनस्थित माओवादीको पाचौँ डिभिजनको अस्थायी शिविरमा रहेका पाँच हजार छापामारमध्ये ४० प्रतिशत घाइते अवस्थामा पाइएका छन । राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जबाट शिविरको स्थलगत अध्ययनमा गएको टोलीले शिविरमा रहेका छापामारमध्ये २५ गम्भिर घाइते र करिब ४० प्रतिशत सामान्य घाइते अवस्थामा रहेको बताएको छ ।
११ वर्षम्म चलेको शसस्त्र द्वन्द्वका क्रममा घाइते भएका छापामारहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार नहुँदा उनीहरू वषर्ाँैदेखि घाइते अवस्थामै जीवन बिताउन बाध्य भएका छन् ।मुलुकमा युद्धविराम भएर सहज परिस्थिति भए पनि घाइते छापामारहरूले सुविधा सम्पन्न अस्पतालमा उपचार पाउन सकिरहेका छैनन् भने अहिले चिसोले शिविरमा हरेक दिन १०-१२ छापामार बिरामी हुने गरे पनि उनीहरूले समेत राम्रोसँग उपचार पाउन सकेका छैनन् ।
आयोगले शिविरमा रहेका सबै घाइते र बिरामी छापामारहरूको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । एक महिनादेखि रोल्पामा जम्मा भएका माओवादी छापामारले भौतिक पर्ूवाधारको कमीका कारण पानी र हिउँ पर्दा समेत ओत लाग्ने ठाउँ पाएका छैनन् । छापामारहरू स्थानीय बासिन्दाको घरमा बस्ने र खाना पकाउने मेस बनाएर बसिरहेका छन् । जसले गर्दा स्थानिय बासिन्दाहरू समेत अप्ठ्यारोमा परेका छन । माओवादी छापामारहरूलाई उनीहरूकै शिविरमा बस्ने अवस्था सृजना गर्नका लागि अविलम्ब शिविरको भौतिक पर्ूवाधार निर्माणको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यान आकृष्ट गराएको छ ।
No comments:
Post a Comment